नेपालका चार जिल्ला कोरोना भाइरस मुक्त
काठमाडौं– नेपालका चारवटा जिल्ला कोराना भाइरसमुक्त भएका छन्। देशका तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोराना भाइरसमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार बताए। यस्तै पाँच सयभन्दा बढी कोरोना संक्रमित हुने जिल्लाको संख्या ६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, पाल्पा, अछाम र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन्। नेपालका […]