शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • लोेटरी परेको छ भन्दै ‘फेक कल’ गरेर ठगी गर्ने गिरोह पक्राउ

लोेटरी परेको छ भन्दै ‘फेक कल’ गरेर ठगी गर्ने गिरोह पक्राउ

  • शनिबार, कार्तिक १, २०७७
लोेटरी परेको छ भन्दै ‘फेक कल’ गरेर ठगी  गर्ने गिरोह पक्राउ

प्रहरीले भारतमा लोटरी परेको छ भन्दै ‘फेक कल’ गरेर दुइ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्लाको लमही नगरपालिकाका दुई जना महिलाको ६३ हजार रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
तमा ती दुई जना महिलालाई लोटरी परेको र ट्याक्स तिनुपर्छ भन्दै पटक पटक ईमो, भाइबरलगायतबाट फोन गरेर आईएमईमा पैसा राख्न लगाएको उजुरी परेपछि रौतहट र पर्सा जिल्लाका ३ जनालाई पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा रौतहट सुमन झा, सोनालाल ठाकुर र पर्साका राजनारायण चौरासीया रहेका छन् । दाङ प्रहरीले रौतहट र पर्सा प्रहरीसँग समन्वय गरेर पक्राउ गरी दाङ ल्याएको डिएसपी खड्काले बताए । प्रहरीले लोटरीका विषयमा कतैबाट फोन आए तत्काल प्रहरीमा खबर गर्न अपिल गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार