शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश १
  • शुक्रबार ३३०७ जना कोरोना संक्रमित संक्रमणमुक्त

शुक्रबार ३३०७ जना कोरोना संक्रमित संक्रमणमुक्त

  • शुक्रबार, अशोज १६, २०७७
शुक्रबार ३३०७ जना कोरोना संक्रमित संक्रमणमुक्त

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा ६० हजार ६ सय ९६ जना संक्रमित उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ४८ हजार ६ सय ४६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ८ सय ८५ जना क्वारेन्टाइनमा छन्। नेपालमा २१ हजार २ सय ३४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ –५४०२
प्रदेश २– १३९२८
बाग्मती प्रदेशमा –१८८५१
गण्डकी प्रदेशमा –३३७९
प्रदेश ५मा –९०८१
कर्णाली प्रदेशमा –३०२५
सुदूरपश्चिम प्रदेशमा ७०३०

चर्चामा

सम्बन्धित समाचार