मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा आज थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा आज थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण

  • आइतवार, अशोज २५, २०७७
नेपालमा आज थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको जानकारी दिए।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ७५ हजार ८ सय ४ जना संक्रमित उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६३६ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार