बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश १
  • आज एकै दिन थपिए ५००८ जना कोरोना संक्रमित

आज एकै दिन थपिए ५००८ जना कोरोना संक्रमित

  • शनिबार, अशोज २४, २०७७
आज एकै दिन थपिए ५००८ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५००८ जनालाई संक्रमण देखिएको जानकारी दिए।

देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा ७४ हजार २ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन्।

चर्चामा

सम्बन्धित समाचार