बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा १० वर्ष मुनिका २ हजार ३८५ बालबालिकामा कोरोना संक्रमण, कुन जिल्लामा कति?

नेपालमा १० वर्ष मुनिका २ हजार ३८५ बालबालिकामा कोरोना संक्रमण, कुन जिल्लामा कति?

  • शुक्रबार, अशोज ९, २०७७
नेपालमा १० वर्ष मुनिका २ हजार ३८५ बालबालिकामा कोरोना संक्रमण, कुन जिल्लामा कति?

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका दुई हजार भन्दा  बढी बालबालिकामा संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९ हजार  ३ सय १ जना कोरोना संक्रमितमध्ये २ हजार ३ सय ८५ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।
तीमध्ये ९ सय ६६ जना बालिका रहेका छन् भने १ हजार ४ सय १९ जना बालक रहेको मन्त्रालयले जनाएको छ।  सबैभन्दा बढी  बाग्मती प्रदेशमा ६ सय ७८ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्। त्यस्तै प्रदेश २ मा  ३६०, प्रदेश ५ मा ३३८, कर्णाली प्रदेशमा १२९, प्रदेश १मा  १६८, सुदूरपश्चिम प्रदेशमा ६ सय १२ जना र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १०० जना, बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।

ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु , भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, रसुवा, रामेछाप, सिन्धुली, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी १४ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।

१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति?
– ओखलढुंगा एक  बालिका
– खोटाङ एक बालक
– इलाम एक बालक
–    झापामा ४ बालिका र ११ बालक।
–    मोरङमा ४८ बालिका र ५४ बालक।
–    सुनसरीमा २१ बालिका र २६ बालक।
–    उदयपुरमा २ बालिका ।

–    सप्तरीमा १५ बालिका र ३४ बालक।
–    सिराहमा ३ बालिका र ८ बालक।
–    धनुषामा १४ बालिका र ३५ बालक।
–    महोत्तरीमा ८ बालिका २५ बालक।
–    सर्लाहीमा २६ बालिका र ३१ बालक।
–    रौतहटमा २५ बालिका र ४१ बालक।
–    बारामा १६ बालिका र १८ बालक।
–    पर्सामा २८ बालिका र ३३ बालक।
–    दोलखा ३ बालिका र ३ बालक ।
–    सिन्धुपाल्चोकमा १ बालिका र २ बालक।
–    धादिङमा  २ बालिका ६ बालक।
–    नुवाकोटमा २ बालिका र ४ बालक।
–    काठमाडौंमा  १६९ बालिका र २४९ बालक।
–    भक्तपुरमा २१ बालिका र ४३ बालक।
–    ललितपुरमा २४ बालिका र ५१ बालक।
–काभ्रेपलान्चोकमा ७ बालिका र  ५ बालक।
–सिन्धुलीमा  १ बालिका र १ बालक
–मकवानपुरमा १३ बालिका र २५ बालक ।
–चितवनमा १६ बालिका र ३० बालक ।

–    गोरखामा ९ बालिका र ७ बालक।
–    म्याग्दीमा १ बालिका १ बालक।
–    कास्कीमा ७ बालिका  ८ बालक
–    लमजुङमा ५ बालिका र ६ बालक।
–    तनहुँमा ५ बालिका र ६ बालक।
–    नवलपरासी पूर्वमा ७ र बालिका १४ बालक।
–    स्याङ्जामा ४ बालिका र ११ बालक।
–    पर्वतमा ३ जना बालक।
–    बाग्लुङमा १ बालिका र ५ जना बालक।
–    रुकुम पुर्व बालक
–    रोल्पामा २ बालिका र १ बालक।
–    प्युठानमा १० बालिका र १० बालक।
–    गुल्मीमा ११ बालिका र १० बालक।
–    अर्घाखाँचीमा ७ बालिका र ९ बालक।
–    पाल्पामा ८ बालिका र ९ बालक।
–    नवलपरासी पश्चिममा ८ बालिका र १३ बालक।
–    रुपन्देहीमा  ४६ बालिका र ५२ बालक।
–    कपिलवस्तुमा १९ बालिका र २५ बालक।
–    दाङमा १५ बालिका र ११ बालक।
–    बाँकेमा २६ बालिका र २२ बालक।
–    बर्दियामा १० बालिका र १३ बालक।

–    मुगुमा १ जना बालक।
– जुम्लामा १ बालिका र २ बालक
–    कालिकोटमा २ बालिका र ५ बालक।
–    दैलेखमा ९ बालिका र ३७ बालक।
–    जाजरकोटमा २ बालिका र १ बालक।
–    रुकुम पश्चिममा ३ बालिका र १ जना बालक।
–    सल्यानमा २ बालिका  र ९ बालक।
–    सुर्खेतमा २५ बालिका र २९ बालक।

–    बाजुरामा ३२ बालिका र ३२ बालक।
–    बझाङमा २८ बालिका र ४२ बालक।
–    दार्चुला  १ बालक
–    बैतडीमा ९  बालिका र ११ बालक।
–    डडेल्धुरामा ६ बालिका र १४ बालक।
–    डोटीमा ५६ बालिका र ८१ बालक।
–    अछाममा ३६ बालिका र ६८ बालक।
–    कैलालीमा ६२ बालिका र ९३ बालक।
–    कञ्चनपुरमा २३ बालिका र १८ बालक।

चर्चामा

सम्बन्धित समाचार