शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश १
  • बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

  • बुधबार, अशोज १४, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ५ सय ५९ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा १, झापामा १९, ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा ९८, संखुवासभामा १ र सुनसरीमा ३८ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १, पर्सामा १७, बारामा १०, महोत्तरीमा ११, सप्तरीमा ७, सर्लाहीमा २ र सिरहामा २ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ९७ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ९, चितवनमा ६२, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ९३, मकवानपुरमा ३८, रामेछापमा २, ललितपुरमा १ सय १२, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा १५, तनहुँमा ५, नवलपरासी पूर्वमा ४५, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा २, बागलुङमा २ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को कपिलवस्तुका २, गुल्मीका १, दाङका ५, नवलपरासीका १, पाल्पाका १, प्युठानका ३, बर्दियाका १०, बाँकेका २७, रुपन्देहीका ७० र रोल्पाका २ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ४, जुम्लामा २, दैलेखमा ५, सल्यानमा १, सुर्खेतमा ४१ र हुम्लामा २, सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ६, कैलालीमा २३, डडेल्धुरामा २, बझाङमा १ र डोटीमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १२ हजार २ सय ५ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ५ हजार ४ सय २८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार