बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • लागूऔषध मुद्दामा २४ जना पक्राउ

लागूऔषध मुद्दामा २४ जना पक्राउ

  • मङ्लबार, अशोज ६, २०७७
लागूऔषध मुद्दामा २४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङले चालु आर्थिक वर्षको बितेको २ महिनामा जिल्लामा छुट्टाछुट्टै ६ वटा लागूऔषध मुद्दा चलिरहेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार चालु आर्थिक वर्षको असोज ५ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट लागूऔषध कारोवारमा संलग्न २४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २१ जना पुरुष र ३ जना महिलाहरु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिएका छन् । अनुसारका १५ केजी चरेसहित ४ जना पुरुष र २ जना महिला, ६ केजी ९६७ ग्राम चरेससहित ४ जना महिला र २ जना महिला, ९५ ग्राम ८९० मिलिग्राम ब्राउनसुगरसहित दश जना र ३२५ ग्राम ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिएका छन् । जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी लागूऔषध ब्राउन सुगर बरामद भएको दाङ प्रहरीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार