बैतडीमा किशोरीको काँधमा ५ बहिनीको जिम्मेवारी
तृप्ति शाही बैतडी — सदरमुकामको गोठालापानीबाट आधा घण्टाको सडक दूरीमा दशरथचन्द नगरपालिका–१० सत्पाली गाउँ पुगिन्छ । पाँच मिनेट ओरालो झरेपछि खोला छेउमा एककोठे जीर्ण घर छ । त्यही साँघुरो र अँध्यारो घरमा दुई वर्षदेखि बसिरहेका छन्, ६ जना बालिकाहरू । तीन वर्षअघि आमा मीनादेवी लावड बेपत्ता भइन् । आमा भागेको अर्को वर्ष बुबा राजुरामको मृत्यु भएपछि नीलम लावडसहित ६ […]