• होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका थप १८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप १८ जनामा कोरोना पुष्टि

  • शुक्रबार, भदौ २६, २०७७
सुदूरपश्चिमका थप १८ जनामा कोरोना पुष्टि

 कैलाली र कञ्चनपुरका १२ सहित सुदूरपश्चिमका थप १८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी जिल्ला अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा चार सय ६४ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

आज थपिएकामा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का चार जना, कञ्चनपुरको महाकाली नगरपालिका ६ का तीन जना, वडा नम्बर ४ का एकजना र कञ्चनपुरको कृष्णपुर नगरपालिकाकै चार जना रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै डोटीको प्रयोगशालामा भएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ। ८६ जनाको कोरोना परीक्षण भएकोमा ४ पुरुष र एक महिला गरी ६  जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जम्मै संक्रमित डोटीको बोगटान फुडसिल गाउँपालिकाका रहेको जानकारी दिए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार चार सय ६ पुगेको छ। उनीहरु मध्ये पाँच हजार तीन सय ९४ जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ।

चर्चामा

सम्बन्धित समाचार