बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा मानवअधिकार रक्षक संजाल गठन स‌योजकमा निमेन्द्र शाही

बाजुरामा मानवअधिकार रक्षक संजाल गठन स‌योजकमा निमेन्द्र शाही

  • शुक्रबार, भदौ २६, २०७७
बाजुरामा  मानवअधिकार रक्षक संजाल गठन स‌योजकमा निमेन्द्र शाही

बाजुरा जिल्लामा मानब अधिकार रक्षकहरुकाे सबलिकरण तथा  संजाल गठन गरिएको छ । सुक्रबार बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमका बिच सो संजाल गठन गरिएको हो ।
जिल्लामा गठन गरिएको मानव अधिकार रक्षक संजालको अध्यक्षमा नेपाल पत्रकार महांसघ बाजुरा शाखा बरिष्ठ उपाअध्यक्ष निमेन्द्र शाहीको स‌याेजगत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।
निमेन्द्र शाही स‌याेजक रहने गरी सदस्य सचिवमा गैसस महासघं बाजुराका सचिव कृष्ण अधिकारी रहेका छन भने सदस्यहरुमा बार यसोसियनबाट तुलाराम जैशी, दलित अधिकार मचंबाट गोरख शार्की, महिला मानअधिकार रक्षक संजालबाट कल्पना साउँद, खाद्य अधिकार संजालबाट लक्ष्मीराज पाध्याय, नेपाल भोटे जनजाती सेवा समितिबाट बुद्धी बोगटी, दलित पत्रकार महासघंबाट मदन बिक, संचारिका समुहबाट नन्दा थापा र इन्सेक बाजुराको तर्फबाट इन्सेक बाजुराका प्रतिनीधी पदम सिहं  रहेका छा् । डीसिएकाे आर्थिक सहयोगमा स‌चालन भएकाे कार्यक्रमकाे सहजिकरण इन्सेक बाजुराका प्रतिनिधी पदमबहादुर सिहंले गरेका थिए ।


बिगत लामो समय देखी मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको समन्वयमा सो समिति गठन गरिएको इन्सेक बाजुराका प्रतिनिधी सिंहले बताएका छन ।
नेपाल बार यशोसियन बाजुरा शाखाका अध्यक्ष गगन रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला स्थित मानव अधिकारको क्षत्रेमा काम गरिरहेका संस्थाका प्रतिनिधी तथा अधिकारका क्षेत्रमा काम गर्ने ब्यक्तीहरुको सहभागीता रहको कार्यक्रमको संचालन इन्सेक बाजुरा प्रतिनिधी पदम सिहंले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार