मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • घरायसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या

घरायसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या

  • बुधबार, भदौ १७, २०७७
घरायसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या

अछाम : अछाममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देवी कुँवरको बुधबार दिउँसो १२ बजे तिर हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण कुँवरले गोठालो गएकी श्रीमतीको घाँटीमा हसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

घटनाको अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार