मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • जडाङ्गाकाे काठेपुल बनाउन उद्योग बाणिज्य संंघ बाजुराको ५० हजार सहयोग

जडाङ्गाकाे काठेपुल बनाउन उद्योग बाणिज्य संंघ बाजुराको ५० हजार सहयोग

  • शुक्रबार, भदौ २६, २०७७
जडाङ्गाकाे काठेपुल बनाउन उद्योग बाणिज्य संंघ बाजुराको ५० हजार सहयोग

बाजुरा– बडिमालिका नगरपालिकाको जडाङ्गमा निर्माण गरिएको काठेपुल बनाउनेहरुलाई उद्योग बाणिज्य सघं बाजुराले ५० हजार सहयोग गरेको छ । स्थानिय र नेपालि सेनाको सक्रियता काठेपुल निर्माण गरेपछि आज एक कार्यक्रमका बिच सो रकम हस्तान्तरण गरेको हो । सो रकम उद्योग बाणिज्य सघं बाजुरा अध्यक्ष देब बहादुर रोकायाले प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे र बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाललाइ हस्तान्तरण गरेका थिए भने । प्रजिअ गैैह्रे र मेयर बडुवालले सयुक्त रुपमा स्थानीयलाइ हस्तान्तरण गरको उद्योग बाणिज्य सघं बाजुराका कार्यालय प्रमुख टेक बहादर धामीले बताएका छन । स्थानीयलाइ सो रकम जडाङ्गामा नै गएर बुझाएको धामीले बताएका छन । साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले जडाङ्गमा रहेको बेलिब्रिज र झोलुङ्गे पुल वगाउदा आवत जावतमा समस्या भएको थियो । करिब दुइ तिन लगाएर बनाएको काठेपुल आजदेखी संचालनमा आएको छ ।


बुढिगंगा नदिले पुल बगाँउदा केही दिन आवतजावत बन्द भएको थियो । स्थानियले अस्थायि रुपमा तुइन बनाएर वारपार गर्ने गरेका थिए । नदिमा पानिका मात्र कम भए सँगै नेपाली सेना र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर समेत आवतजावत गर्ने सक्ने बडिमालिका नगरपालिका ४ का अध्यक्ष सुरेन्द्र नाथले वताएका छन् । पुल बन्दा आवतजावतमा सहज भएको छ ।
बुढिगंगा नदिमा बेलिबिज्र बगाएपछि सदरमुकाम मार्तडी सडक सम्पर्कमा बिच्छेद भएपछी नेपाली सेना र स्थानीयको सक्रियतामा सो काठे पुल निर्माण गरको हो । साउन २५ गते राति आाएको बाढिले बुढिगंगा नदिमा बेलिब्रिज सँगै झोलुङ्गे पुलहरु समेत वगाएको थियो । नदि किनारमा रहेको खेतियोग्य जमिन र बस्ति बगाएको थियो । साँफे मार्तडी सडक खण्ड असार यता नै अबरोध रहेको छ । ताप्रिसेरामा रहेको पक्कि पुल समेत बगाएको छ भने बार्जुगाड देखी मार्तडी सम्म ठाँउ ठाँउमा सडकमा पहिरो गएको थियो । सडक सञ्चालनका लागि स्थानिय, प्रदेश र संघ सरकार लागिरहेका छन् । जडाङ्गमा बेलिब्रिज निर्माण चाडै हुने सडक बिभागले जनाएको छ

चर्चामा

सम्बन्धित समाचार