शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • २० वर्ष पछि कोल्टी–धनगढी हवाई सेवा संचालनमा

२० वर्ष पछि कोल्टी–धनगढी हवाई सेवा संचालनमा

  • शनिबार, भदौ २७, २०७७
२० वर्ष पछि कोल्टी–धनगढी हवाई सेवा संचालनमा

बाजुरा — द्वन्द्वकाल यता करिव २० बर्ष पछि बाजुरामा प्रदेश राजधानी धनगढीसँग हवाई यातायात जोडिएको छ । शुक्रबार देखि साप्ताहिक उडान भर्नेगरी समिट एयरले उडान भर्न शुरु गरे छ ।  लामो समय पछि बाजुरा देखी प्रदेश राजधानी धनगढी संग सिधा हवाई सेवामा जोडिएको हो । समिट एयरले शुक्रबार  बाजुराको कोल्टी देखि धनगढी र धनगढी देखि कोल्टीका लागि उडान भरेको नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले बताए ।

२० बर्ष अघि बाजुराको कोल्टी देखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीसँग बाजुरा सिधा हवाई सेवामा जोडिएको र द्वन्द्वको समयमा विमानस्थलमा आक्रमण भए पछि धनगढीसँगको हवाई सम्पर्क अबरुद्ध भएको थियो । बाजुरा नेपालगंजसँग हवाई सेवामा जोडिए पनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन । हवाई सेवामा बाजुरा धनगढीसँग जोडिए पछि स्थानियले भने खुसी ब्यक्त गरेका छन ।

नागरिक सेवा सरकोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारीले विगतका बर्षहरुमा बाजुरा प्रदेश राजधानी धनगढी संग हवाई सम्प्रकमा जोडिनु पर्नेमा  नागरिक स्तरमा समेत माग बढेको र अहिले सो सेवाको शुरुवात भएकोमा खुसी लागेको बताए । बाजुरा धनगढी संग हवाई सेवामा जोडिएकाले यहाँका नागरिकलाई प्रदेश राजधानी जान आउन सहज हुने अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार