डाक्टरमा कोरोना भेटिएपछि अस्पताल सिल
विराटनगर — डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल बिहीबार दिउँसो सिल गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसमेतका निकायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल सिल गरेको हो । महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीको नेतृत्वमा […]