शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • गाँउपालिका अध्यक्ष रावत सहितको टोली बाढिपहिरो क्षेत्रको स्थलगत अनुगमन

गाँउपालिका अध्यक्ष रावत सहितको टोली बाढिपहिरो क्षेत्रको स्थलगत अनुगमन

  • बिहिबार, साउन ८, २०७७
गाँउपालिका अध्यक्ष रावत सहितको टोली बाढिपहिरो क्षेत्रको स्थलगत अनुगमन

खप्तडछेडेदह गाँउपालिका अध्यक्ष नर बहादुर रावत बाढिपहिरो क्षेत्र तथा पिडित कहाँ पुगेर स्थलगत अनुगमन गरेका छन् । लगातारको पानिले गाँउपालिका बिभिन्न ठाँउमा बाढि र पहिरोले दर्जनौ बस्ति जोखिमा परेकाले अध्यक्ष रावत गाँउपालिका ईन्जिनियर सहितको टोलि गाँउपालिका बिभिन्न ठाँउमा पुगेका छन् ।
खप्तडछेडेदह गाँउपालिका ७ गुम्ला गाँउका ४० परिवार भन्दा बढि पहिरोको जोखिममा रहेका छन् । गाँउपालिकाको अध्यक्ष सहितको टिम पुगेर स्थलगत अनुगमन साथै स्थानिय धैर्य र सुरक्षित बस्ने आग्रह गरेको गाँउपालिका ईन्जिनियर उपेन्द्र साउदले वताएका छन् । अध्यक्ष सहितको टोलिले तत्काल उद्धार गर्नुपर्ने कति र कति परिवारलाई राहत आबश्यक हो, त्यसको अनुगमन गरिएको गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकाले टोल टोलमा पुगेर स्थलगत अनुगमन गरेर त्यहि अनुसारका राहतका प्याकेज ल्याउने बताएको छ । अन्य ठाँउमा ब्यबस्थापन गर्नुपरेमा पनि संघ प्रदेश सरकारलाई आग्रहका लागि पहल गर्ने गाँउपालिका अध्यक्ष नर बहादुर रावतले वताएका छन् । गाँउपालिकाले सक्ने जति सहयोग गाँउपालिका कतै पनि पछाडी नहट्ने अध्यक्ष रावतले वताएका छन् ।
खप्तडछेडेदह गाँउपालिकामा दर्जनौ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । बस्तिहरुको तल र माथि पहिरो आएर घरहरु जोखिममा रहेका छन् । साथै ग्रामिण सडक पनि अबरोध भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार