बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • डाक्टरमा कोरोना भेटिएपछि अस्पताल सिल

डाक्टरमा कोरोना भेटिएपछि अस्पताल सिल

  • बिहिबार, साउन ८, २०७७
डाक्टरमा कोरोना भेटिएपछि अस्पताल सिल

विराटनगर — डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल बिहीबार दिउँसो सिल गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसमेतका निकायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल सिल गरेको हो । महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीको नेतृत्वमा पुगेको टोलीले दिउँसो ३ः३० बजेबाट सार्वजनिक सूचना टाँस गरेरै अस्पताल पूर्ण रुपमा सिल गरिदिएको छ ।

अर्को सूचना नभएसम्म यो कायम रहने जानकारी उनले दिए । अस्पतालबाट मंगलबार संकलन गरिएको स्वाबको नतिजा पोजिटिभ आएकाले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याउनु पर्ने तथा पूरै अस्पताल सेनीटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाउनु पर्ने कार्कीले बताए ।

सिल गरिएको अवधिभर अस्पतालको ओपीडी तथा आकस्मिक सबै सेवा ठप्प रहने छ । बाहिर–भित्र आवतजावतमा रोक लगाइएको छ । अस्पतालले नयाँ बिरामी भर्ना लिन पाउने छैन ।
अस्पतालमा भर्ना गरिएका बिरामीको भने उपचार जारी रहने महाशाखा प्रमुख कार्कीको भनाइ छ । उपचाररत बिरामी, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षागार्ड र उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि कोरोना परीक्षणकालागि स्वाब संकलनको प्रक्रिया अघि बढाउन आवश्यक विवरण टिपोट गरिसकिएको जानकारी उनले दिए ।

चिकिसत्कलाई नै संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले लुकाउने काम गरेका कारण सेनीटाइज भने अस्पताल आफैले गर्नु पर्ने उनको भनाइ छ । नत्र संक्रमित भेटिएको स्थानमा महानगरले सेनीटाइज गर्ने गरेको थियो । ‘सेनीटाइज गरेर अस्पताल सुरक्षित बनाउनु प¥यो,’ कार्कीले भने, ‘जुन दिनसम्म सुरक्षित छ भन्ने लाग्दै, त्यस अवधिसम्म सिल यथावत रहने र उपचार एवं काम कारबाहीका सबै प्रक्रिया बन्द रहने छ ।’

उनले अस्पतालबाट संक्रमण अन्यत्र नफैलिओस भन्नका लागि सुरुमै सावधानी अपनाएर सिल गरिएको जानकारी दिए । सबैको सुरक्षालाई ध्यानमा राख्दै र संक्रमण अन्यत्र फैलन नदिन बुधबारबाटै सिल गर्नु पर्ने अस्पताल निर्वाध रुपमा सञ्चालन भइरहेको समाचार अन्नपूर्ण अनलाइनमा बिहीबार प्रकासित भएको थियो । समाचार प्रकासित भएपछि सम्बन्धित निकायको ध्यान केन्द्रीत भएको हो । अस्पतालका एक स्वास्थ्यकर्मीले संक्रमित भेटिएको अस्पतालमा काम गरिरहनु पर्दा थप जोखिमको अवस्था निम्तिएको गुनासो गरेका छन् ।

मंगलबार राति अस्पतालकै आन्तरिक व्यवस्थापनसँग जोडिएका ६५ वर्षीय चिकित्सकलाई कोरोना पुष्टि भए पनि उनी सम्पर्कविहीन बनेका थिए । उनको खोजीमा ठूलो मेहनत गरेका प्रहरी र महानगरका कर्मचारीले धेरै सास्ती बेहोर्नु पर्ने अवस्था आयो । उनी बिहीबार महानगरको सम्पर्कमा पुगेपछि संक्रमित अस्पतालकै बरिष्ठ चिकित्सक भएको पत्ता लागेको थियो ।

अस्पतालले स्वाब संकलन गर्ने क्रममा उमेर ५० वर्ष र ठेगाना विराटनगर मात्रै टिपाएको ट पाइएको छ । स्वाब संकलनका क्रममा नाम हरिबहादुर कार्की भनेर लेखेको पाइयो । तर संक्रमित चिकित्सकको नाम हरिबहादुर होइन । उनले आफ्नो मोबाइल नम्बरसमेत गलत टिपाएको पाइएको छ । उनले टिपाएको सम्पर्क नम्बर धनकुटामा कार्यरत एक प्रहरीको रहेको पुष्टि भयो ।

नाम, उमेर, ठेगाना, सम्पर्क नम्बर सबै गलत टिपाएर चिकित्सकले आफ्नो स्वाब परीक्षणका लागि पठाएको पाइएको हो । सम्पकर्ममा आइसकेका उनलाई कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गर्ने तयारी भइरहेको बताइएको छ । तर अस्पताल प्रशासनले नै लुकाएको पाइएपछि कारवाही अघि बढाउन प्रक्रिया थालिएको जानकारी महाशाखा प्रमुख कार्कीले दिए । साभार

चर्चामा

सम्बन्धित समाचार