• होमपेज
  • बुढीगंगा
  • ताँप्राका युवाले निर्माण गरे घट्टे खोलामा काठेपुल

ताँप्राका युवाले निर्माण गरे घट्टे खोलामा काठेपुल

  • बुधबार, साउन ७, २०७७
ताँप्राका युवाले निर्माण गरे घट्टे खोलामा काठेपुल

बाजुरा ७ साउन– बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे मार्तडी सडकको ताँप्रीसेराको घट्टे खोलामा बडिमालिका नगरपालिका २ र ३ का यूवाहरुले काठे पुल निर्माण गरेका छन् । आईतबार राति आएको बाढी पहिरोले पक्की पुल बगाए पछि बटुवालाई आवात जावत सहजता ल्याउन काठे पुल निर्माण गरिएको नेकपा बुढीगंगा नगरपालिका २ वडा कमिटी अध्यक्ष रमेश थापाले बताए ।

बजुरा जिल्लाको बुढीगंगा र त्रिबेणी नगरपालिका बाहेकका सबै स्थानिय तह र सदरमुकाम मार्तडी जोड्ने सडकको पक्की पुल बाढीले बगाएपछि खोलामा आवत जावत पूर्ण रुपमा बन्द भएको थियो । काठे पुल निर्माणसँगै पैदल यात्रुहरुका लागि सहज भएको छ । ताप्राका स्थानीय युवाहरुको सक्रियतामा काठे पुल निर्माण गरिएको नेकपा बुढीगंगा नगर कमिटीका अध्यक्ष नरेन्द्र थापाले बताएका छन् ।

बाढीले खोलामा पक्की पुल थियो की थिएन कुनै निशाना समेत नरहने गरी बगाएपछि काठे पुल निर्माण गरिएको अध्यक्ष थापाले बताएका छन् । गाउका सबै यूवाहरुको सक्रियतामा पुल निर्माण गरेका हुन् ।
पक्की पुल बगाएसंगै खोलाको पानीले फेरी बस्तिलाई असर नपारो भन्ने हिसाबले स्काईभेटर लगाएर खोलालाई चिरेर पानी एकिकृत्त गरि फालेको अध्यक्ष थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार