
जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बारा, कलैयामा कार्यरत सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेकाे । अख्तियारको टोली देखेपछि उनले नजिकै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुबैजनालाई सो रकमसहित कलैया नगरपालिका वडा नं ४ बाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


