बिहीबार राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले पखाल्यो
राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंग सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो । सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्र्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको […]