सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा बाजुरा जिल्ला कमिटि सदस्य पबित्रा शाहीको निधन

नेकपा बाजुरा जिल्ला कमिटि सदस्य पबित्रा शाहीको निधन

  • बिहिबार, मंसिर १८, २०७७
नेकपा बाजुरा  जिल्ला कमिटि सदस्य पबित्रा शाहीको निधन

बाजुरा —  नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुरा जिल्ला कमिटि सदस्य पबित्रा शाहीको मृत्यू भएको छ । आज दिउसो आफ्नै घर खप्तड छेडेदह गाउपालिका २ माटेसाँघुमा एक्कासी बेहोस भएपछि उपचारको लागि लग्दै गर्दा बिच बाटोमै मृत्यू भएको पारिवारीक स्रोतले जनाएकाे छ ।
बिगत लामो समय देखि मासिका हुदै सिअनमीको सरकार जागिर गर्दै आएकी शाही अनमीबाट राजिनामा दिएर २०७४ सालको स्थानिय निर्बाचनमा खप्तड छेडेदह गाउपालिकाको नेपाल कम्युनिष्ट पार्टीकाे तर्फबाट उपाध्यक्ष पदमा उम्मेद्धार समेत भएकी थिईन ।
मिजासीलो सोभाब, अनि सहयोगी भाबना भएकी शाही एक्कासी बेहोस भएपछि हृदयघात भएको हुनसक्ने पारिवारीक श्राेतले जनाएकाे छ । शाहीका एक छोरा एक छोरी छन् । छोरा बैदेशीक रोजगारी तथा अध्यायनको सिलसिलामा इटाली छन भने छोरी अष्टे्लियामा रहेका छन् ।
शाहीको मृत्यू पछि नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराले एक योग्दा गुमाएको छ । मृत्यूले पार्टीमा ठुलो धक्का पुगेको  नेकपा प्रचार तथा प्रशार बिभाग प्रमुख अमर खड्काले बताए यनले भने  सिंगो पार्टी सोकमा डुबेको छ ।

चर्चामा

सम्बन्धित समाचार