शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • तपाईंको संर्घष के लागि कसका लागि कमरेड ….

तपाईंको संर्घष के लागि कसका लागि कमरेड ….

  • बुधबार, मंसिर १७, २०७७
तपाईंको संर्घष के लागि कसका लागि कमरेड ….

*अहिलेको कम्युनिस्ट पार्टीको नेतृत्व गरिराख्नु भएका।आदरणीय कमरेड देशका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा वली तथा अर्का अध्यक्ष कमरेड पुष्पकमल दाहाल(प्रचण्ड)ज्यु नेपाली कम्युनिस्ट आन्दोलनलाई नेतृत्व गरि आजको यस परिवेशसम्म पुर्याउन तपाईं हरु दुबैजनाको अतुलनीय योगदान र संर्घष पुर्ण भुमिका छ।यसमा हामी आम नेपालीमा कुनै दोबिधा र शंकाको कुरै छैन।वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड वली झापा विद्रोह देखि देशलाई आवश्यक परेको बेला हरेक आन्दोलनको अगुवाइ गरि आन्दोलनलाई उपलब्धि मुलक बनाउने सिलसिलामा आफ्नो जीवन कुनै प्रवाह नगरी लामो समय कठिन र संर्घष पुर्ण जेल जीवन व्यतीत गरि नेपाली कम्युनिस्ट आन्दोलनलाई आजको यस खुसि लाग्दो स्थितिमा पुर्याउन योगदान संर्घष गर्ने एउटा सफल र अब्बल ब्यक्ति हुन।

**त्यसैगरी अर्का अध्यक्ष आदरणीय कामरेड प्रचण्ड दस बर्षे जनयुद्धको नेतृत्व गरि लामो समय भुमिगत राजनीति गर्दै २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरि लामो समयसम्म चल्दै आएको राजतन्त्रको अन्त्य गर्न र गणतन्त्रलाई स्थापना गर्नमा तपाईंले पनि महत्त्वपूर्ण भुमिका खेल्नुभएको कुरा पनि आम नेपाली जनता माझ जगजाहेरै छ।।

……नेपाली इतिहासमा जहिल्यै पनि जनतालाई दास बनाउँदै आएको राजतन्त्र र विश्व समुदायमा कम्युनिस्ट भनेका त दुई दिनका पाहुना मात्रै हुन भन्ने मनोभावना राख्ने र नेपाली राजनितीमा आफुलाई खुबै शक्तिशाली र लोकतान्त्रिक पार्टी भएको महशुस गर्ने नेपाली काङ्ग्रेस र हाम्रो दुबै तिरका ठुला र विकसित छिमेकी राष्ट्रले पनि बहुत महत्वाकांक्षाका साथ हेर्ने नेपाल र नेपाली राजनीतिलाई गलत दृष्टिले हेर्ने छिमेकी राष्ट्र र नेपाली काङ्ग्रेसलाई पनि निकै चुनौती दिदै लामो समय फरक-फरक राजनीतिक धारबाट आएका ठुला दुई कम्युनिस्ट पार्टीलाई एकता गरि झन नेपाली राजनीति र आफ्नो गरिमा बढाउनुका साथै नेकपालाई झन्डै दुईतिहाईको नजिक पुर्याउन र यसबेला यस्तो लोकप्रिय निर्णय गरि अव्यवस्थित नेपाली राजनीतिलाई केही समयका लागि भए पनि व्यवस्तित गर्ने बाटो तिर नेकपा र नेपाली राजनीतिलाई लैजान तपाईंहरु आदरणीय नेतृत्वको निकै घनिभुत छलफल र निकै त्याग र संर्घषपुर्ण योगदान गर्नुभएको।कुरा पनि हामीले देखेकै र भोगेकै छौँ ….।

…….विश्व परिवेशमा बदलिँदै गएको नेपालको राजनीतिमा जुन पार्टी छलाङ मारेको छ। यस महत्त्वपूर्ण उपलब्धिमा पनि तपाईंहरुको महत्त्वपूर्ण योगदान र संर्घष रहेको छ………….।
@अब रह्यो अहिले तपाईंले देखाउने व्यवहार र विगतको संर्घषको सम्बन्धको तपाईंले यिनै आफ्ना छोराछोरी,दाजुभाइलाई तपाईंकै वरिपरि घुम्नेलाई मात्रै सुविधा र शक्तिमा अनि राजकीय उपल्लो पदमा जसरी पनि लिनु मात्रै थियोे भने यत्रो निकै तनावग्रस्त अवस्थामा पार्टी एकता गर्नमा यस्तो संर्घष किन?? आफ्ना नातागोता,आफ्न्त,आफ्ना, आसेपासे,छिमेकी,भिना,साली तपाईंको जयजयकार गर्ने अनि तपाईंलाई जहिले पनि मालिक देखि राख्ने लाई मात्रै कुर्सी र शक्तिमा टिकाई राख्नु थियो भने यत्रो बर्ष कठिनाइ पुर्ण जेल जीवन किन?? जनयुद्ध को नाम हजारौं नेपाली जनताको वलिदान किन यहीँ गर्नु थियोे र यत्तिकैमा विश्राम गर्ने भए यति ठुलो जनयुद्ध किन जनआन्दोलनका नाम स्कुल स्वास्थ सडक जस्ता महत्त्वपूर्ण क्षेत्रमा तालाबन्दी हडताल किन..???अन्तिममा गएर पद र कुर्सीको लडाइँ मात्रै गर्ने भए यति ठुलो नाटक मञ्चन किन गरियो ???आफुलाई र आफ्नाई मात्रै हो भने यति विघ्न संर्घष किन….???हजारौं अनाथ बालबालिकालाई टुहुरा किन…??कयौं नेपाली नारी विधवा र हजारौं युवालाई आज पनि ती गोलीका छर्रा लागेका घाउ दुखि राख्ने मात्र बनाउने मलम नलगाउने भए ती युवालाई घाइते किन…???
…अन्तिम संर्घष तपाईंका छोराछोरी, भाइ बुहारी,र तपाईंको भजन गाउने का लागि र तपाईंलाई जहिले पनि भगवान रुपी अनुहार सम्झि राख्नेका लागि मात्रै भए???यति अथक र अन्यासै किन दुख र संर्घष गर्नु भयो ।
..हो अझै एकबेला छ तपाईंका लागि यो योगदान र विगतको त्यो लडाइँ अनि संर्घष जनताका लागि नै हो ।भन्ने महशुस गराउन चाहानु हुन्छ भने अब ती आफ्नतलाई मात्रै होइन ।तपाईंलाई जयजयकार गर्ने ती भ्रष्ट लाई मात्रै होइन ।तपाईंले हिजो यति ठुलो लडाइँ र आफ्नो जिन्दगीको कुनै वास्ता प्रवाह नगरी के उदेश्यका लागि यति ठुलो संर्घष गर्नुभएको थियो???अब ती उदेश्य पुरा गर्न अब नातावाद,कृपावाद,चाकडी वाला होइन योग्य र सक्षम ब्यक्ति चयन गरि तपाईं प्रति बढ्दै गएको जनताको शंका र घृणा एकचोटि फेरि फर्काउने कि कामरेड …….

चर्चामा

सम्बन्धित समाचार