आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • कम्युनिष्टको लोगो छापेका कम्पनी

कम्युनिष्टको लोगो छापेका कम्पनी

  • सोमवार, मंसिर २२, २०७७
कम्युनिष्टको लोगो छापेका कम्पनी

आज बिहानै मुहार पुस्तिकामा चन्द्रमा र शूर्य अंकित एउटा जुत्ता फेला पय्रो।जुताको कम्पनिले देशको ध्वजालाई जुताको लोगो बनाउँदा उन्को उदेश्य जेसुकै भयपनि मूल उदेश्य जुताको ब्यापारनै हो।हिँजो आजको पुँजी प्रधान समाजमा पैसा कमाउँदा मान्छेले ठिक बेठिक सबै बिर्शिय मात्र धनमुखि भए।उनिहरुले यो पनि भुतुक्कै बिर्षिय त्यो जुता हाम्रो समाजमा पुगेपछि समाजले आफ्नो बारेमा कस्तो मुल्यांकन गर्ला?जेहौश त्यो जुतालाई देखेपछि धेरैका बिभिन्न खाले प्रतिकृयाहरु आएकाछन र आउनु स्वभाबिक पनि हो।
तर मेरो दीमाखमा त्यो जुतालाई देखेर बर्तमान देशका कम्युनिष्ट भनौदाहरुको ब्यबहारको शंझना भयो।उनिहरुले जनतालाई छक्काउँन कम्युनिष्टको लोगो रातो झण्डामा हँसिया र घन अंकित भयकोलाई प्रयोग गर्दै आएकाछन।उनिहरु पनि त्यो जुता बनाउँने कम्पनि जस्तै दोशि छन।
हुँन ता खुट्टा र टाउका एउटै मान्छेमा हुँने आधारभुत अंग हुँन।तरपनि खुट्टामा लगाउँने र टाउकामा लगाउँने बश्तु ता फरक-फरक हुँन्छ।त्यो जुता मा छापेको लोगो टोपिमा छापेको भए त्यसको सामाजिक बर्ण बेग्लै हुँनेथीयो।त्यो ब्यपार गर्नेनै उदेश्य भय पनि त्यसलाई समाजले बेग्लै बिष्लेशण गर्थ्यो तर अहिले त्यो जुतामा छापिएको लोगोको चौतर्फिए बिरोध भयकोछ।त्यो कुन कम्पनि हो,कस्को हो उस्ले कुन उदेश्यले त्यो कदम उठायो त्यो भन्दापनि त्यसको ब्यबहारले समाजलाई र देशलाई समेत सर्मिन्दा बनायो र आलोचना खेप्दैछ।जस्तो देशका कम्युनिष्टहरुले बिभिन्न आलोचनाहरु खेप्दै आएकाछन।
नेपालको भूमिमा कमम्युनिष्ट सरकार चाहाने जनताहरुको भिडछ।त्यो भिडलाई प्रयोग गरेर आफ्नो स्वार्थ पुरागर्ने उदेश्यले देशभरी कम्युनिष्टको लोगो प्रयोग गर्ने अवहरबादी पार्टी नेता हरुको कमिछैन।यद्द्यापि हाम्रो देशमा सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टिको खाँचो छ।जस्ले देशको आमूल परिवर्तन गर्नसक्छ त्यसको आज देशमा आधारभुत आबस्याकताछ।
अहिले भर्खर सामन्यातः पुँजिवादी सम्बिधान बाट धर्मनिरपक्षियता लाई पचाउँन नहक्नेहरु पनि आफुलाई समाज वादी भन्छन।मेरो छोरा डाक्ट्र बनुस,ईन्जिनियर बनुस भनेर बोका कवुल्नेहरु पनि कम्युनिष्टको पोलिट ब्युरो सदस्य छन।यस्तो रुढिवादी देशमा कम्युनिष्टको झण्डा उठाएर जनतामा भ्रम दिने हरुको कमिछैन।हामिले आफुले अगालेको बाटो बाट आफ्नै औलाद लाई पन्छाउँदै पुँजिवादी प्रदिशपर्धामा हाम्फाल्न लगाएर सफल ब्यापारी बनोश रुपिया कमाएर ऐयासी गरोश भन्दै मनपरि सपना देख्छौँ अनि देशको कम्युनिष्ट आन्दोलनको भविस्य उज्वलछ भन्छौ।
आफु बाहेक अरुले गरेको रुचाउँदैनौँ।कसैको प्रतिभालाई सम्मान गरेर प्रोत्सान दिनुको साटो त्यसको कपालको छाला निकालेर उस्का खुट्टातान्ने कामगर्छौ।हामिले जानि वा नजानी आफ्नै बर्गलाई आफुबाट धेरै टाडा ढेक्लदै जान्छौ र भन्छौ हाम्रो आन्दोलन त बर्गिय आन्दोलनहो।छि कस्तो ब्यबहारछ हाम्रो?के यस्तो भयाभब अबस्थामा हामिले कम्युनिष्टको बिउ बचाउँन सकौ्ला?कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुछ भने आफु कम्युनिष्ट बनौँ र आफ्ना सन्तानलाई कम्युनिष्ट बनाउँ मात्र लोगो भिरेर कम्युनिष्ट बन्न सकिदैन।कतिपय अन्धभक्तहरुले आफ्ना आका बाहेक अरुलाई कम्युनिष्ट मान्दैन उनिहरु अंधभक्त भयर अरुका प्रगतिशिल लेख रचना लगायतका प्रतिभालाई देख्नै सक्तैनन् र आफ्ना नेताका लव स्टोरी लेख्छन त्यसैमा कम्युनिष्ट आन्दोलनको उज्वल भबिस्यको कल्पना गर्छन।त्यस्तापनि प्रसस्तै भेट्न सकिन्छ।
यसो सोच्दा भन्न मनलाग्छ।उनिहरुको पनि के गलति जस्ले जस्को झोला बोक्यो र आफ्नो प्राण धान्ने अन्न दाता समझ्यो तेसैको गुण गाउँन बाध्य भएकै हुँन्छ।उनि आफ्ना खुट्टाले उभिन सक्दैनन।असलमा स्वतन्त्र कम्युनिष्ट आन्दोलन उस्ले हाँक्न सक्छ जस्ले आफ्नो पसिना बगाएर प्राणधानेको सर्वहारा बिचारधारा बाट प्रेरित ब्याक्ति जो आफ्नो प्रणा देश र जनताको अमानत सम्झिन्छ त्यो मात्र क्रान्ती कारी कम्युनिष्ट हुँन सक्छ।यसको मतलब यो पनि होईन कम्युनिष्ट आन्दोलनलाई पूर्णकालिन नेता कार्याक्रताको खाँचोछैन त्यो अहिलेको अबस्थामा झन बढेर गयकोछ।तर कम्युनिष्ट भएर पेसेबर बनुश पेसाबर होईन।पेसाको लागि कम्युनिष्ट बन्नेहरुले आज कम्युनिष्ट आन्दोलनलाई गलत बाटोमा डोराउँदै लगेकाछन।
जस्ले जे र जति सुकै गफ लगाएपनि मार्क्सवाद -लेनिनवाद र माओ स्तुङ्गका बिचारधाराको अध्यान बाट छर्लङ्गै हुन्छ आज देश भित्रको कम्युनिष्ट आन्दोलन कुन बाटोमा हिँड्दैछ।

चर्चामा

सम्बन्धित समाचार