• होमपेज
  • समाज
  • नेकपा बाजुरा जिल्ला कमिटि सदस्य शाहीको गोदावरीमा दाहसंस्कार गरियो

नेकपा बाजुरा जिल्ला कमिटि सदस्य शाहीको गोदावरीमा दाहसंस्कार गरियो

  • आइतवार, मंसिर २१, २०७७
नेकपा बाजुरा जिल्ला कमिटि सदस्य शाहीको गोदावरीमा दाहसंस्कार गरियो

बाजुरा — नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुरा जिल्ला कमिटि सदस्य पबित्रा शाहीको कैलालीको गोदावरीमा दाहसंस्कार गरिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य प्रकाश बहादुर शाहले पार्टीको झण्डा ओडाएर शाहीको अन्यष्टि गरिएको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य गणेश शाहीले जानकारी दिए ।
बिहिबार दिउँसो खप्तड छेडेदह गाउपालिका २ माटेसागुको घरमा एक्कासी बेहोस भएपछि उपचारको लागि लग्दै गर्दा बिच बाटोमै मृत्यू भएको थियो । इटालीमा रहेका शाहीका छोरा पुगेपछि आइतबार उनका छोरा शुशिल शाहले दाहासस्कार गरेको खगेन्द्र नाथले बताएका छन । अष्टे्रलियामा रहेकी छोरी भने नआएको परिवारीक स्रोतले जानकारी दिएको छ ।
शाहीको अन्यष्टि कार्यक्रममा नेकपा केन्द्रिय कमिटी, प्रदेश कमिटी, हुदै जिल्ला कमिटकिा नेता लगाएत सुभेक्षुक र आफन्तको सहभागिता रहको थियो । बिगत लामो समय देखि मासिका हुदै सि अनमीको सरकारी जागिर गर्दै आएकी शाही जागिरबाट राजिनामा दिएर २०७४ सालको स्थानिय निर्बाचनमा खप्तड छेडेदह गाउपालिकाको नेपाल कम्युनिष्ट पार्टीबाट उपाध्यक्षमा लगेकी थिईन ।
मिजासीलो सोभाब, अनि सहयोगी भाब भएकी शाही एक्कासी बेहोस भएपछि हृदय घात भएको हुनसक्ने बताईएको छ । शाहीका एक छोरा एक छोरी छन् । छोरा बैदेशीक रोजगारी तथा अध्यायनको सिलसिलामा रहेका थिए भने छोरी अष्टे्रलियामा रहेका छन् ।
शाहीको मृत्यू पछि नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराले एक योग्दा गुमाएको छ । मृत्यूले पार्टीमा ठुलो धक्का पुगेको छ, सिंगो पार्टी सोकमा डुबेको छ ।

चर्चामा

सम्बन्धित समाचार