शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • देशको यो कस्तो बिडम्बना?

देशको यो कस्तो बिडम्बना?

  • शुक्रबार, मंसिर १९, २०७७
देशको यो कस्तो बिडम्बना?

राजा आउ देश बचाउ!हिँजो १८मङ्सिर २०७७मा अर्थात (०३दिसम्बर२०२०) दाङको घोराहीमा मोटर साईकिल य्राली देख्न मिल्यो।धेरै बेर बसेर सोँचे राति एउटा लेख तैयार पारेँ तर पोष्ट गरिन बिहान त्यो लेखपनि डिलेट भयछ।दुःखलाग्यो अहिले फेरी मनले मान्दै मानिन र यो लेख कोर्दैछुँ।हामिले हिँजो “राजा चोर देश छोड”का नारा गाँउ-गाउँ बजार बजार न सुनेका होईनौ।
राजा ले केहि दिन एउटा पत्रकारलाई जवाफ दिँदै भनेका थिए “अब म सत्तामा आउँदैन आएर पनि के गर्ने ?देश लाई नेताहरुले कङ्गाल बनाईसकेका छन एउका नागरिकलाई छत्तिस हजारको रिण हिस्सामा परि सकेको अबस्थामा म फेरी सत्तामा आउँदैन”भनेर एउटा साक्षेत्कार दिएका थिए।त्यो दिन मेरो मनमा एउटा खयाल आएको थियो राजाले अब राज दरवार सम्म पुग्ने बाटो बनाउँन थालेकाछन।तर त्यो उन्को पहिलो प्रयास भने थिएन।उन्ले लगातार हिन्दु धर्मको वकालत गर्दै अखण्ड नेपालको पक्षमा आवाज उठाउँदै पनि आएकाछन।यो द्वौरानमा एक पटक एकजाना मिडिया कर्मिले मलाई भने अखण्ड नेपालको माग गर्दै संघियताको खारेजी ता तपाईँहरुले पनि गर्नु भयकोछ।राजमोले गरेकोछ,राप्रपाले गरेकोछ फेरी राजाले गय्रो भन्दैमा त्यहिमाग तपाईँहरु लाई किन बिजाउँछ?उँहाले त्यस्तो सवाल गरेर हामिलाई राजा र राप्रपा सँग नजिक पुराउँन खोज्नु भयो।हामिले देशमा आएको गणतन्त्रलाई सँस्थागत गर्ने र संघियताको बिरोध गर्ने काम गर्दै आएकाछौँ।हाम्रो मान्याता छ देशमा संघियताले कुनै पनि प्रकारको फाईदा हुँनेछैन उल्टै देशलाई बिभाजन गरेर बिदेशले खोज्दै आएको अवसर प्रदान गर्नेछ।
अहिलेको सम्बिधानले यध्यापी जनताको समस्यालाई समेट्न सकेको छैन,तर पनि यो बिगतका सम्बिधान भन्दा एकप्रकारले अशं भयपनि प्रगतिशिलछ।जनताले चुनेको प्रतिनिधिले बनाएको सम्बिधान साडे छे दसक बाट जनताको माग,अनि धर्मनिर्पक्षियता र गणतान्त्रिक नेपाल उल्लेख भयकाले सम्बिधानलाई सँस्थागत गर्दै अँझ उच्च प्रकारको जनाधिकारको लागि शंघर्ष गर्नु पर्छ भन्ने हाम्रो माग हो र यति बेला यहि माग उपयुक्त देखिन्छ।
हामिले हाम्रो देशलाई संघियतामा लग्नै पर्ने कुनै पनि बस्तुगत कारण देखेनौ र यो गलत र देशको लागि खर्चिलो भयो आर्को बिदेशीको शडयन्त्रमा ल्याईयको हो देशको अहितमा छ जनताले कुनै कालखण्डमा नगरेको माग पनिहो भनेर बिरोध गरेकाछौँ।राजाको उदेश्य र हाम्रो उदेश्यमा आकाश र जमिनको अन्तरछ भन्नेकुरा छर्लङ्गै भएकोछ।उन्ले आफ्नु गुमेको स्वर्ग प्राप्त गर्न खोजेकाछन भने हामिले देश र जनताको हितका लागि शंघर्ष गर्दै आएकाछौँ।
अहिले राजाले देशका राजनीतिक पार्टिहरुले राम्रो काम जनताको र देशको लागि राम्रो ब्यबस्था सरकार ले दिन नसकेपछि,देशमा भ्रष्टचार बढेपछि महेङ्गाईले आकास छोएपछि,महिला हरुमा बलत्कारका घटना हरु पढेर गयपछि,विस्वमा आएको यो कोविड हाम्रो देशमा पनि ब्यापक बढेर जानु र सरकारले यस्लाई रोक्न असमर्थ भयपछि राजाले आफ्नो सत्तालिप्साको दिब्या सपना देख्न पुगेकाछन।
जो माथिका उल्लेखित समस्याहरुले राजालाई थप सहयोग गरेकोछ। सरकारको कम्जोरी अदुरदर्सियताले उन्लाई रैली निकाल्न सक्नै हैसियत दिलायो,तर कसैले पनि यो नसोचौँ सरकारको कम्जोरीको बिक्लपमा राजाहो।राजाको साशसन तिस बर्ष,राणाको साशन १०४बर्ष सम्म भोगेका जनतालाई राजतन्त्रले लोलीपोप देखाएर उनिहरुको मन जित्न सक्ने कुरै हुँदैन।अहिले पनि त्यो राजतन्त्रले दिएको देश र जनता लाई घाउ निको भयकोछैन।राजतन्त्रकै पालामा असमान सन्धिहरु भए र आज देशको अबस्था अर्ध उपनेबेशिक भयको हो।
राजा हरु मध्यका एउटा त्रिभुवन बाहेक अरुकोई जनताले सम्मान गर्ने लाएक पनि छैनन्।त्रिभुवनले भने देशलाई एकिकर्ण गरेर गुनलगाएका हुँन।अहिले संघियताको नाउमा त्यो बाईसे चौबिसिय राजपाठहरु बाँड्ने काम भयकोछ।
हो गणतन्त्र आएपछि सरकारले गर्ने काम देश र जनताको हितमा हुँनु पर्नेमा त्यो हुँन नसक्नु बिडम्बनानै हो।सम्बिधानमा देशलाई समाबेसी र समाजवाद अनमुख बताएर जनताको आखामा छारो हाल्ने काम सरकारले गरेकैछ।तरपनि राजतन्त्र यो हरकारको बिक्लपमा हुँनै सक्दैन।

चर्चामा

सम्बन्धित समाचार