बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • नेकपा महासचिवको प्रस्ताव : सचिवालय सदस्यले त्याग गरौँ, स्थायी कमिटीबाट नयाँ नेतृत्व खोजौँ !

नेकपा महासचिवको प्रस्ताव : सचिवालय सदस्यले त्याग गरौँ, स्थायी कमिटीबाट नयाँ नेतृत्व खोजौँ !

'आधुनिक विज्ञानमा फुटेका हाँडी जोड्ने नयाँ रसायनको आविष्कार भइसकेको छ'

  • शनिबार, मंसिर २०, २०७७
नेकपा महासचिवको प्रस्ताव : सचिवालय सदस्यले त्याग गरौँ, स्थायी कमिटीबाट नयाँ नेतृत्व खोजौँ !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति संघर्ष कहाँबाट सुरु भयो र कहाँ पुगेर टुङ्गिन्छ ? भन्ने आम चासो रहेको छ । अर्थमन्त्रीसमेत रहेका नेकपाका महासचिव विष्णु पौडेल नेकपाको पुरानो र नयाँ पुस्ताबीचको स्प्रीङ्गमा समस्या भएको भन्दै अब पुरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्व हस्तानतरण गर्नु नै समस्याको निकास देख्छन् । नेकपा कुनै हालतमा नफुट्ने दाबी गर्ने पौडेल कसैले फुटाउने चेष्टा गरेपनि त्यो सम्भव नहुने बताउँछन् । प्रस्तुत छ महासचिव पौडेलसँग शुक्रबार बिहान टेलिफोन संवादको सम्पादित अंश :

दुई अध्यक्षका फरक–फरक प्रतिवेदन सार्वजनिक भएपछि आजसम्मको अवस्थामा नेकपाको यात्रा कतातर्फ तय भएको छ – विभाजन या एकता ?

म अहिले परिस्थितिलाई विभाजनतर्फ तान्ने कोशिस पनि भइरहेको देख्छु । तर, पार्टीभित्रको एकताको पक्षधर जुन शक्ति छ त्यो शक्तिले यो पार्टीलाई विभाजनमा जान दिँदैन । आजका मितिसम्म आइपुग्दा यो पार्टी विभाजन हुने कुनै सम्भावना छैन र कसैले विभाजन गर्न चाह्यो भनेपनि सक्दैन ।

नेकपालाई विभाजनतर्फ लैजाने काम कसले गरिरहेको छ ?

त्यतातिर अहिले नजाउ, मलाई त्यसमा बोल्न बाध्य नपार्नुहोस् । कसले–कसले भन्न थाल्दा समस्या समाधानका निम्ति गरिएका प्रयासहरु कमजोर बन्न पुग्छन् । त्यसैले कसको के भूमिका रह्यो भन्ने विषयमा हामी आन्तरिक रुपले छलफल गर्छौँ र निश्कर्षमा पुग्छौँ । तपाईं ढुक्क हुनुस् नेकपा विभाजित हुँदैन ।

अन्तरविरोधमा क्रिया–प्रतिकृया हुन्छ । क्रियापछि प्रतिक्रिया आउँछ, प्रतिक्रियाले अर्को प्रतिक्रिया पनि ल्याउँछ । त्यसपछि क्रिया–प्रतिक्रियाको शृङ्खला तीव्र बन्छ । त्यसकारण पार्टीको पछिल्लो अन्तरविरोधमा पनि जहाँबाट क्रिया सुरु भयो, समस्याको सुरुवात त्यहीँबाट भएको हो । अहिले पनि क्रिया र प्रतिक्रियाको शृङ्खला चलिनैरहेको छ ।

तपाईं पार्टी एकतादेखिनै दुवै अध्यक्षका बीचमा भएका धेरै सहमति र सम्झौताहरुमा साक्षी बस्दै आउनुुभएकाले तपाईंलाई धेरै कुरा थाहा छ । नढाँटी भनिदिनुस् नेकपामा विवाद आउनुमा कसको बढी दोष छ ?

नेकपामा विवाद आउनु र त्यो विवाद उत्कर्षमा किन पुग्यो भन्ने प्रश्नको जवाफ जनता र कार्यकर्ताले बुझिसकेका छन् । मेरो पनि आफ्नै मूल्याङ्कन छ, कहाँबाट कसरी विवाद सिर्जना हुदै यो विन्दुमा आइपुग्यो भन्ने कुरामा । तर यो विषय पार्टीभित्र छलफलकै अवस्थामा रहेको हुनाले सबैभन्दा पहिला पार्टीकै बैठकमा राख्छु । त्यसपछि आवश्यक पर्यो भने तपाईंहरुलाई भनौँला ।

स्पष्ट भन्नुहोस् न पार्टीमा आएको अहिलेको समस्या के हो र यो कसरी समाधान गर्न सकिन्छ ? केही न केही सुत्र त होलान् नि ?

समाधनको कुनै एउटा सुत्र भन्ने होइन, समाधानका विभिन्न विकल्पहरु छन् । यस्तो अन्तरविरोधमा क्रिया–प्रतिकृया हुन्छ । क्रियापछि प्रतिक्रिया आउँछ, प्रतिक्रियाले अर्को प्रतिक्रिया पनि ल्याउँछ । त्यसपछि क्रिया–प्रतिक्रियाको शृङ्खला तीव्र बन्छ । त्यसकारण पार्टीको पछिल्लो अन्तरविरोधमा पनि जहाँबाट क्रिया सुरु भयो, समस्याको सुरुवात त्यहीँबाट भएको हो । अहिले पनि क्रिया र प्रतिक्रियाको शृङ्खला चलिनैरहेको छ । यहाँ अत्यन्तै अस्वस्थ, अमर्यादित, अराजनीतिक, आरोप र लाञ्छनाको तहमा अन्तरविरोध प्रकट भएको सत्य हो । त्यसले गर्दा हामी जहाँबाट क्रिया सुरु भएको हो त्यहीँबाट समस्याको समाधान खोज्ने प्रयासमा छौँ ।

एक अध्यक्षले अर्को अध्यक्षको प्रतिवेदनलाई आरोप र लाञ्छना पत्रको संज्ञा दिनुभएको छ र त्यो फिर्ता वा खारेज नभए पार्टी विभाजन त्यहीँबाट सुुरु हुन्छ भन्नुभएको छ । यदि प्रचण्डले प्रतिवेदन फिर्ता लिनुभएन भने पार्टी विभाजन पक्का हो त ?

तपाईंले गर्नुभएको अनुमान र हाम्रा पार्टीका समस्त पंक्तिको अपेक्षा र पार्टीभित्रको एकतापक्षधरहरुको शक्तिलाई मुल्यांकन गरेर म भन्छु कि पार्टीको एकता अक्षुण रहन्छ ।

खासगरी विगतमा भएका कमीकमजोरी र गल्तीहरु समाजको नजरमा अत्यन्त आलोचित हुने प्रवृति र समस्याहरु पार्टीको आन्तरिक जीवनमा देखापरेका छन् । त्यस्ता प्रवृतिहरुको पुनरावृति नहुनेगरी हामी समस्या समाधान गर्छौँ ।

तर, सधैभरी किचलो भइरहने र पार्टी कमिटीले एउटा निर्णय गर्ने कार्यन्वयन नगर्ने अवस्था नै कायम रहिरहने हो भने पार्टी एकता अक्षुण रहनु र नरहनुको के अर्थ होला ?

अबको एकता प्रक्रियाले, समस्या समाधान गरेर पार्टी एकतालाई अक्षुण राख्ने ठाउँमा फर्किदा हामीले पार्टी एकताका केही महत्त्वपूर्ण आधारहरु निर्माण गर्छौँ । जसले गर्दा यस प्रकारका अस्वस्थ आरोप प्रत्यारोपमा उत्रने कुराको अन्त्य हुन सकोस् ।

भनेपछि नेकपामा नयाँ आधारमा र नयाँ किसिमको एकता हुदैछ भनेर बुझ्दा हुन्छ ?

खासगरी विगतमा भएका कमीकमजोरी र गल्तीहरु समाजको नजरमा अत्यन्त आलोचित हुने प्रवृति र समस्याहरु पार्टीको आन्तरिक जीवनमा देखापरेका छन् । त्यस्ता प्रवृतिहरुको पुनरावृति नहुनेगरी हामी समस्या समाधान गर्छौँ ।

तपाईंलाई फेरि भन्छु, पार्टीभित्रको आन्तरिक समस्या हाम्रो काबुभित्र पुगिसकेको छ ।

पार्टी कमिटीका बैठक बसाउन नै नेताहरुले निवेदन हाल्नुपर्ने, तोकआदेश लगाउनुपर्ने अनि आफै बसेर गरेका निर्णयहरु पनि अध्यक्षले नमान्ने प्रवृति देखियो । यो दृष्टान्तले नेकपाले कस्तो संस्कृतिको विकास गर्दैछ भन्ने लाग्छ ?

यसमा मैले अहिले विस्तारपूर्वक कुरा गर्दिनँ । तर म के देख्छु भने बैठकका निम्ति पार्टीमा निवेदन हाल्नुपर्ने अवस्था आएको हो भन्ने होइन ।

नेताहरुले बैठक राख्नुस भनेर भन्दा नमानेपछि निवेदन नै दिनुपर्यो र त्यसपछि अध्यक्ष तथा प्रधानमन्त्रीले त्यसमा तोकआदेश लगाउनुभएको त हो नि !

तपाईंलाई फेरि भन्छु, पार्टीभित्रको आन्तरिक समस्या हाम्रो काबुभित्र पुगिसकेको छ । हामीले यसलाई नियन्त्रण गर्न नसक्ने, एकता जोगाउन नसक्ने मर्यादाका सीमाहरु नाघेर आरोप प्रत्यारोप लगाउने तहमा पुगेकै होइन । त्यसकारण मेरो बुझाइमा पार्टीको बैठक नबसेर र बैठककै निम्ति हस्ताक्षर गर्नुपर्ने अवस्था आएको होइन ।

तर नेताहरुले गरिदिए त्यही ?

अब धेरै त्यतातिर नजाऔँ ।

तपाईंहरुका धेरै नेता कार्यकर्तालाई चिन्ता छ, नेकपा अढाई वर्षमै फुटेको हाँडीजस्तो भयो । फुटेको हाँडी जोडिदैन भन्ने थाहा हुँदाहुदै जोड्ने प्रयास पनि भइरहेको जस्तो देखिन्छ । कुन रसायन होला जसले फुटेको हाँडी जोडिएला ?

पहिलो कुरा, तपाईंले प्रयोग गरेको विम्व वा उपमाले यथार्थलाई प्रतिविम्वित गर्छ भन्ने मलाई लाग्दैन । दोस्रो कुरा, रसायनको गर्नुभयो, अहिलेको आधुनिक विज्ञानमा साच्चै फुटेकै हाँडीहरु जोड्ने नयाँ–नयाँ रसायनहरुको आविष्कार भइसकेको छ । त्यसैले समाजविज्ञानमा पनि त्यसको प्रयोग हुन सक्छ ।

बुधबारको सचिवालय बैठकले समस्या समाधान गर्न नेताहरुबीच औपचारिक–अनौपचारिक छलफल र सम्वाद गर्ने निर्णय गरेको थियो । तर, बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभयो । यो बीचमा नेताहरुबीच त्यस्ता सकारात्मक सम्वाद त भएको देखिएन नि ?

अहिले म सकारात्मक र नकारात्मक भन्दिन । तर विभिन्न किसिमका छलफलहरु चलिनैरहेका छन् ।

सम्माननीय केपी शर्मा ओली लोकतन्त्रका लागि सिंगो जिन्दगी समर्पित गरेको नेता हो । उहाँले कुनैपनि असंवैधानिक र अलोकतान्त्रिक यात्रा जीवनमा चाल्नुहुन्छ भनेर कल्पना पनि गर्न सकिँदैन । सहमति–असहमतिहरु होलान् तर संसद विघटन, संकटकाल र दल विभाजनलगायतका काम गर्दै हुनुहुन्छ भनेर प्रचार गरिएको छ यो अविश्वास सिर्जना गर्ने, अन्तरविरध चर्काउने अभिव्यक्ति मात्रै हो ।

त्यसो भए शनिबारको बैठकमा अध्यक्ष केपी ओली सहभागी हुनुहुन्छ त ?

हुनुहुन्छ । किन नहुनु ? बुधबारको बैठकमा पनि अध्यक्ष सहभागी हुनुभएन र हुनै चाहानुभएन भनेर जुन प्रचार भएको थियो त्यो यथार्थ होइन । बुधबारको बैठकमा आफ्नो कार्यव्यवस्तताले म आउन भ्याउदिनँ भनेर समय तोक्ने बेलैमा भनिसक्नुभएको थियो ।

एक घण्टा पछि सार्दा पनि नआएपछि त शंका त हुने नै भयो नि ?

उहाँ आउनुहुन्छ भनेर एक घण्टा पछि सारिएको पनि होइन । उहाँले त्यो दिन कार्यव्यस्तताका कारणले उपस्थित हुन नसक्ने कुरा बैठक तय गर्ने बेलामै जानकारी गराइसक्नुभएको हो ।

तपाईंको दावीलाई मान्ने हो भने अध्यक्ष ओलीभन्दा पनि प्रचण्डसहितका अन्य नेताहरुका कारण विवाद बढेको भन्ने बुझिन्छ । त्यसो हो भने प्रचण्डसहितका नेताहरुको चाहना के हो भन्ने बुझ्नुभएको छ ?

यो प्रश्नको जवाफ मसँग अहिले नै उपलब्ध छैन । सायद सञ्चारकर्मी र मिडियाले खोजिदिनुहुन्छ कि भन्ने लागेको छ ।

अध्यादेश, संकटकाल र संसद विघटनको त्रास देखाएर अध्यक्ष ओलीले नेताहरुलाई साइजमा राख्ने प्रयास गरेको भन्ने कुरा त कतिपय उहाँकै व्यवहारले पनि संकेत गर्छ नि ? किन लुकाउनुहुन्छ ?

यो नितान्त गलत र कपोलकल्पित कुरा हो । सम्माननीय केपी शर्मा ओली लोकतन्त्रका लागि सिंगो जिन्दगी समर्पित गरेको नेता हो । उहाँले कुनैपनि असंवैधानिक र अलोकतान्त्रिक यात्रा जीवनमा चाल्नुहुन्छ भनेर कल्पना पनि गर्न सकिँदैन । सहमति–असहमतिहरु होलान् तर संसद विघटन, संकटकाल र दल विभाजनलगायतका काम गर्दै हुनुहुन्छ भनेर प्रचार गरिएको छ यो अविश्वास सिर्जना गर्ने, अन्तरविरध चर्काउने अभिव्यक्ति मात्रै हो । यस्ता नितान्त गलत अभिव्यक्ति कसैले पनि दिनुहुँदैन ।

केही नेताहरु मिलेपनि नेकपाभित्रको अन्तरविरोध निमिट्यान्न हुने सङ्केत देखिदैन । यदि यस्तै रहिरहने हो भने आगामी दिनमा नेकपाका नेताहरु जनतामाझ कसरी पुग्नुहुन्छ ?

तपाईंको यो प्रश्न, टिप्पणी या आलोचनामा आधार छन् । हामी यही रुपमा र यस्तैगरी गयौँ भने कम्युनिस्ट आन्दोलनको अवसानको अवस्थामा पुग्नुबाहेक अरु केही उपाय छैन । तर हामी यो समस्यालाई समाधान गरेर र जनतासँगको विश्वासलाई अरु जित्दै एकताबद्ध ढङ्गले नै जान्छौँ भन्ने मलाई विश्वास छ ।

नेकपामा अन्तरविरोध बढ्नुका पछाडी सैद्धान्तिक राजनीतिक कारण छन् या व्यक्तिगत टकराव के भन्नुहुन्छ ?

नेकपामा नयाँ पुस्ता र पुरानो पुस्ताबीचमा स्प्रिङ्ग छ । पुरानो पुस्ता नेतृत्वमा कायम रहिरहन चाहने र नयाँ पुस्तामाथि अविश्वास गर्ने स्थिति छ । यो नै हो समस्या । हामी यहीँ उभिएर छलफल गर्नुपर्ने ठाउमा पुग्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो । खासगरी आन्दोलनलाई विभिन्न कालखण्डमा नेतृत्व गुर्नभएका नेताहरुले आफुले कस्तो कार्यक्षमताको बीचमा र कस्तो उमेर समुहमा जिम्मेवारी सम्हाल्नुभएको थियो ? त्यसलाई याद गरेर अबको जिम्मेवारी नयाँ पुस्तामा हस्तानतरण गर्ने बेला आएको छ । र, हामी नयाँ पुस्तामा जिम्मेवारी हस्तातरण गर्ने विन्दुमा नपुग्दासम्म यस प्रकारका समस्याहरु कुनै न कुनै रुपमा बल्झिरहने स्थिति आउँछ । समस्या समाधान गर्दै र फेरि नयाँ समस्या भोेग्दै जानुपर्ने अवस्था आउँछ । त्यही भएर मैले प्रस्टसँग भनेको छु, अब अहिले सविालयभन्दा बाहिरबाट नेतृत्वको खोजी गर्नुपर्ने अवस्थामा हामी आइपुगेका छौँ । र यसका निम्ति हामी सचिवालयमा रहेका साथीहरुले पनि सकारात्मक योगदान गर्नुपर्छ । मुलतः स्थायी कमिटीबाट नयाँ नेतृत्वको प्रवन्ध गर्नेगरी अगाडी बढ्नुपर्छ, यो नै अहिले हाम्रो समस्या समाधान हुनेछ । रातोपाटीबाट साभार

चर्चामा

सम्बन्धित समाचार