माइतीघरमा नाराः नेकपा जिन्दावाद, असंवैधानकि ‘कू’ खारेज गर !
काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले माइतीघरबाट आन्दोलन सुरु गरेको छ । शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु माइतीघरमा भेला भएर आन्दोलनको सुरुवात गरेका हुन् । संसद विघटनविरुद्ध संघर्षमा उत्रिएका नेता कार्यकर्ताले ‘नेकपा जिन्दावाद, असंवैधानिक कू खारेज गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, संसद बैठक सुरु गर, प्रतिगमनकारी होसियार’ लगायतका […]