शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • काँग्रेस नेत्री कबिता बिष्ट महाधिवेशन प्रतिनिधिको उम्मेद्धवार

काँग्रेस नेत्री कबिता बिष्ट महाधिवेशन प्रतिनिधिको उम्मेद्धवार

  • शुक्रबार, अशोज १५, २०७८
काँग्रेस नेत्री कबिता बिष्ट महाधिवेशन प्रतिनिधिको उम्मेद्धवार

बाजुरा — नेपालि काँग्रेस बाजुराकि महिला नेत्री तथा उपप्रमुख कबिता बिष्ट ७ औ जिल्ला अधिबेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेद्धवारी दिने भएकि छन् । १६ गते बाट सञ्चालन हुने ७ औ जिल्ला अधिबेशन तथा १४ औ महाधिवेशनका लागि आफ्नो उम्मेद्धवारी महाधिवेशन प्रतिनिधिमा हुने बडिमालिका खबर सँग बताएकि छन् ।
बिष्ट नेपाली काँग्रेस बाजुरा भित्र अब्बल महिलाका रुपमा चिनिदै आएकि छन् । बडिमालिका नगरपालिका उपप्रमुख बिष्ट अहिले राजनिति तथा सामाजिक यात्रामा छन् । बिष्ट भन्छन्, राजनीतिमा मुख्य कुरा आफ्नो काम प्रतिको सन्तुस्टि नै रहेछ । राजनिति पद र अवसर भन्दा पनि सेवाका लागि गर्ने हो । मेरो पारिवारिक योगदान र मेरो क्षमतालाई पार्टीले मुल्यांकन गरी विभिन्न महत्पुणर् समयमा विशेष जिम्मेवारी दिएको छ, फेरी पनि अपेक्षा गरेकी वताईन् । पार्टीले २० वर्षकै हुँदा मलाई महिला संघ बाजुराको जिल्ला कार्यसमिति सचिव र अन्तरपार्टी महिला संजाल जिल्ला सचिवको जिम्मेवारी दिएको उनले वताईन् ।
नगरपालिकामा सामाजिक परिचालक हुदा नेपाल कर्मचारी युनियन संघ जिल्ला उपाध्यक्ष, अहिले नेपाली काँग्रेस जिल्ला कार्यसमिति मनोनित सदस्य हुदै सदरमुकाम नगरपालिकाको उपप्रमुखसम्मको जिम्मेवारी पार्टीले दिएको छ । यी विभिन्न समयमा प्राप्त अवसरहरु मेरा लागि निकै महत्वपूणर् रहेका बिष्ट बताउँछन् ।
आफ्नो राजनिति र सामाजिक यात्रामा हेर्दा सामान्य अवस्थामा महिलाहरुले आफ्नो जीवन बाँच्न पाएको जस्तो देखिन्छ तर महिला भएकै कारण भोग्नु पर्ने अपमान, बलात्कार, हिसांजन्य कृयाकलापको श्रखृला हेर्दा निकै कठिन छ । समानता कायम गर्न नैतिकवान समुदाय हुनुपर्दछ । नैतिकता ह्रास भयो भने मात्र समाजमा अराजकता सिर्जना हुन्छ । वर्तमान अवस्थामा कडा भन्दा कडा कानूनी कारवाही नै सामाजिक समानता कायम गर्ने कडी हो जस्तो लाग्छ ।
म उपप्रमुख भइसके पछि म भित्र विभिन्न चुनौती अवसरहरु मेरा सामु खडा भए जस्तो लाग्यो । किनकी उप प्रमुखको उम्मेदवार हुनु एक महिना अगाडी त्यही नगरपालिकाको सामाजिक सुशासन क्षेत्रमा काम गर्ने कर्मचारी नगरपालिका भित्रका अनियमितता भ्रष्टाचार सबै मलाई थाहा थियो । म विजय भइ सकेपछि मेरो परिवार, श्रीमान् र म बसेर नगरपालिका भित्र हुने गरेको अनियमितता भ्रष्ट्राचार र कमिसन रोक्नु पर्छ भन्ने छलफल भएको थियो । केही कर्मचारी र जनप्रतिनिधिहरुका गलत प्रवृति विरुद्ध पटक पटक नगरपालिका भित्र र पार्टी भित्र कुरा उठाई रहे । मान्छेको बानी र नियत न हो पद्धति सुधार्न एक जनाले मात्र केहि गर्न सक्दो रहेन छ । कार्यरत कर्मचारीहरूले मलाई कुनै पनि हालतमा निर्वाचित नहोस भन्ने चाहन्थे । तर जनताको व्यापक जनसमर्थन लिएर म विजयी भएँ ।
कबिता बिष्ट बडिमालिका नगरपालिका उपप्रमुखको रुपमा मात्र परिचित नभएर सिंगो बजुरेली महिला आन्दोलन यात्रामा अघि बढिरहेकी छन् । उनि भन्छन् परम्परागत भन्दा आजकाल फरक खालका हिंसा समाजमा देखा पर्ने गरेका छन्, बदलिदो सामाजिक परिवेश अनुसारका हिंसा प्रभावितलाई आवश्यकतानुसार कानुनी परामर्श तथा अधिकारका बारेमा सचेतना गराई न्याय दिलाउन उनि निकै लागि परेकि छुु ।
धेरै ठुलो सपना नभएर होला म मेरो कर्म प्रति सन्तुष्ट छु । कुनै स्वार्थ राखेर कार्य गर्दा सोही अनुसारको प्रतिफल हात नलाग्दा असन्तुष्ट भइन्छ होला तर म नितान्त शुद्ध चित्तले कार्य सम्पादन गर्ने भएर होला आफु सन्तुष्ट भएको वताउछँन् ।

चर्चामा

सम्बन्धित समाचार