शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली काँग्रेस बाजुराको मतगणना सूरु

नेपाली काँग्रेस बाजुराको मतगणना सूरु

  • बुधबार, अशोज २०, २०७८
नेपाली काँग्रेस बाजुराको मतगणना सूरु

बाजुरा — नेपाली कांग्रेस बाजुराको सातौ जिल्ला अधिवेशनमा मगंलबार साँझ मतदान सकिएकाे हाे । मगंलबार साँझ मतदान सकिए पछि अहिले बिहानबाट मतगणना सूरु भएको छ । हिजो राती ११ बजे बाट मतगण सूरु गर्ने भनिएता पनी मतगणना अहिले बिहानबाट सूरु गरिएको काँग्रेस निर्वाचन कार्यालय बाजुराले जनाएको छ । हिजो राती कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मी विच दोहोरो झडप हुदा मतगणना कार्य रोकिए पछि अहिले बिहान देखि मत गणना सुरु गरेकाे हाे । बाजुरामा १२ सय १२ मत मध्य १२ सय ५ मतमात्र खसेका थिए ।

चर्चामा

सम्बन्धित समाचार