• होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुराको मतदान कार्य सम्पन्न, जम्मा मतमा ७ मत खसेन

नेपाली काँग्रेस बाजुराको मतदान कार्य सम्पन्न, जम्मा मतमा ७ मत खसेन

  • मङ्लबार, अशोज १९, २०७८
नेपाली काँग्रेस बाजुराको मतदान कार्य सम्पन्न, जम्मा मतमा ७ मत खसेन

बाजुरा — नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतदान कार्य सम्पन्न भएको छ । बाजुराको नेपाली काग्रेसको १ हजार २ सय १२ मध्ये १ हजार २ सय ५ मत खसेको मतदान अधिकृत सन्तोष भण्डारीले जानकारी दिएका छन ।
मंगलबार बिहानबाट ९ बजे देखी सुरु गरिएको मतदान साझ ६ बजेर २० मिनेटमा सम्पन्न भएको छ मतदानमा ७ मत खसेकाे छैन  । सम्पन्न निर्बाचानको मतगणना आजै साझ ९ बजे देखी गणना हुने मतदान अधिकृत भण्डारीले बताएका छन । असोज १६ गते बाट काँग्रेस बाजुराको अधिवेशन सुरु भएको थियो । काँग्रेस बाजुरामा सहमतीको आधारमा नेतृत्व चयन गर्न नसकिएपछी निर्वाचन प्रक्रियाबाट मतदान सूरु भएको नेपाली काग्रेस मतदान अधिकृत भण्डारीले जानकारी दिएका छन ।
निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ । त्यस्तै मध्यमार्गीबाट चक्र बहादुर शाहाको टिम रहेको छ ।
नेपाली काँग्रेस बाजुराको अधिबेशनमा सभापतीमा ३ जना, उप सभापतीमा ३ जना सचिव ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितिमा १९ जना जनजाती कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेको छन ।
त्यसै गरी महाधिबेशन प्रतिनिधी महिलाबाट ७ जना र पुरुस खुलामा २२ जना रहेका छन । खस आर्य महिलामा ६ जना र पुरुष खुलामा १० जना उम्मेद्धार रहेका छन भने । समाबेशी ४ जना दलित महिला २ जना, दलित ३ जना रहेका छन । मधेशी लगायत का कोटामा ७ जना बिच मतदान भएको छ ।

चर्चामा

सम्बन्धित समाचार