शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • शिक्षा ऐनकाे वेवास्ता गर्दै प्रअ गिरीले घाेषणा गरे महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी, नागरिक अगुवाकाे चर्काे बिराेध

शिक्षा ऐनकाे वेवास्ता गर्दै प्रअ गिरीले घाेषणा गरे महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी, नागरिक अगुवाकाे चर्काे बिराेध

  • आइतवार, अशोज १७, २०७८
शिक्षा ऐनकाे वेवास्ता गर्दै प्रअ गिरीले घाेषणा गरे महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी, नागरिक अगुवाकाे चर्काे बिराेध

बाजुरा — शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ को (ङ) र उपदफा ५ को (छ)ले शिक्षकहरुलाई राजनीतिमा भाग लिन रोक लगाएको छ । शिक्षा ऐनको दफा १६ (ङ) मा कुनै पनि शिक्षक राजनीतिक दलको कार्यकारी पदमा बस्न वा उम्मेद्धार बन्नु परेमा शिक्षक पदबाट बर्खास्त गरिने उल्लेख छ । सो ऐनलाई लात मार्दै केही शिक्षकहरु राजनितीमा हुमीएका देखीन्छन । यतिबेला नेपाली काग्रेसका अधिबशनमा पनी सो कुरा प्रस्ट देखीएको छ ।

विध्यालयको शैक्षिक गतिविधिमा असर पुर्‍याउने गरी शिक्षकहरु राजनीतिमा सक्रिय भएको भन्दै सामाजिक अगुवाहरुले बिरोध समेत गरिरहेका छन । तर जिल्ला प्रशासन कार्यालय र शिक्षा समन्वय ईकाई भने मुख दर्शक बनेको देखीन्छ । कुनै शिक्षकले त्यस्ताे गरेकाे पाइए वा देखीएमा शिक्षा नियमावली काे परिच्छेद २३ काे नियम १३८ काे उपनियम १ बमाेजिम कारबाही गर्न सकिने ब्यबस्था पनि रहेकाे छ ।बाजुरामा मात्रै २५ जना भन्दा बढि शिक्षकहरु क्षेत्रीय प्रतिनीधीको रुपमा जिल्ला केन्द्रकृत भएका छन । बाजुरा जिल्लामा मात्रै दर्जनौं शिक्षकले जिल्ला प्रतिनिधीको रुपमा आएको र जितेको भन्दै आफै सामाजिक सञ्जाल रंग्याएका छन ।
त्यसैको एक प्रतिनधी पात्र जनप्रकाश उच्च माध्यामिक बिध्यालयका प्राचार्य अनोज राज गिरी पनी हुन । शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ को (ङ) र उपदफा ५ को (छ) ले भने भन्दा फरक बहाल बाला शिक्षक गिरीले महाधिबेशनमा उम्मेद्धारी घोषणा गरेका छन । शिक्षा ऐन २०२८ (संशोधनसहित)को दफा १६ को (ङ) र उपदफा ५ को (छ) झल्किीन्छ वा गुपचुपमै रहन्छ । प्रअ अनोजराज गिरी सिटौला पौडेल पक्षबाट महाधिबेशन प्रतिनीधीमा लडेका नेपाली काग्रेसका एक नेताले बताएका छन ।
प्रतिनिधी भएर आएका शिक्षक गिरी गुटलाई कसरी जिताउने र आफु जित्ने भन्ने कसरतमा लागेका देखीन्छन । काँग्रेसको वडा अधिबेशन देखी नै शिक्षकहरु काग्रेसको अधिबेशनमा सक्रिय भएपछि बिद्यार्थीहरुको पढाईमा बाधा भएको छ । एक अभिभावकले भने काग्रेसको वडा अधिबेशन ६ गते सुरु भएदेखी नै अहिले सम्म बिद्यालय नगएको बताएका छन । जसले गर्दा बिद्यार्थीको पढाईमा बाधा भएको छ ।
कुनै पनि सरकारी कर्मचारीहरुले राजनितिक रुपमा रङ देखाउनु सबै भन्दा गलत भएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए । यसरी शिक्षकहरु कर्मचारीहरूले खुलेरै राजनितिमा लाग्नु भनेकै आफ्नो पद र ओहदाको दुरुपयोग गर्न नमिल्ने प्रजिअ अधिकारीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार