बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा जिल्लामा राजनितीक जुठ्याहहरु

बाजुरा जिल्लामा राजनितीक जुठ्याहहरु

  • सोमवार, अशोज १८, २०७८
बाजुरा जिल्लामा राजनितीक जुठ्याहहरु

राजनैतिक दलहरुमा र राजनैतिक कार्यक्रता भई बिगत कतियौं बर्षदेखि काम गर्दै आएका बिशेष कार्यकर्ताहरु सबै पार्टीका सबै खेमाहरुमा देखिन्छन् । बाजुरा जिल्लामा यस अधि पुरानो संरचना अनुसारको संस्थागत राजनैतिक प्रणाली अंगाली बाउको बुतो बनाएका कयौं राजनैतिक नेता तथा कार्यक्रतालाई जनताले स्तानिय तह वडावाटै गतिलो झाप्पड दिएका छन् जो हाल संचालन भएको राजनैतिक दलको आ आफ्नो संगठनात्मक संरचना बनाउने हकमा देखिन आएको छ ।
१. किन पुग्दैन बाजुराको राजनैतिक समाचार केन्द्रमा ?
जिल्लाको समाचार केन्द्रीय संसद र सिंहदरवार सम्म पुर्याउन जनताले निर्वाचन मार्फत बाटो दिएका नेता आफन्तका योजना र तानामाना बुन्न र उल्झाउन ब्यस्त छन् अनि को ले सुनाईदेउ हाम्रा कुराहरु सिंहदरवारमा ??? उनिहरु आफन्त नातागोता र ईष्टकुटम्वहरुका लागि नेता बनाएछौं हामी बाजुरेली जनताले कठै दशा यिनीहरुको भलो नहास् ???
२. निर्वाचन क्षेत्रगत समस्या र बाहुल्यता किन र कसरी ?
बाजुरा जिल्लामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् जसमा प्रदेश निर्वाचन क्षेत्र नम्वर (क) पोरखेलेख देखि लेफु कवाडी हुदै बिच्छ्या सम्म र दोस्रो (ख) पोरखे लेकदेखि बाह्रविस जयवागेश्वरी काँडा डोगडी हुदै गौमुल गाउँपालिकाको सडकवाट मार्तडी छोको एरिया हो ।
राजनैतिक हिसावले केन्द्रमा पहूँच राख्नेमा प्रदेश क्षेत्र नम्वर ख का राजनैतिककर्मिहरु बढी हावी भएका कारण बर्षौदेखि क क्षेत्र हेपाहामा परेको हाम्रै राजनैतिक कमजोरी र बेईमानीका कारण भएको यिनै चहलपहल गर्ने नेतालाई सोध्दा थाहा हुन्छ के कारण यसो भयो । पञ्चायति कालदेखि यो क्षेत्र बढी राजनैतिक केन्द्रीत तथा लगाव भएको र सक्रिय राजनैतिक क्षेत्रमा अगाडि बढेको देखिन्छ भो क क्षेत्रमा अवसरवादी र आफु केन्द्रीत राजनीती गर्ने होडवाजीले न आफु हुन सक्ने अवस्था छ न त अरुलाई बनाउन सक्ने हिक्मत राख्न सक्छन् यहाँका नेताहरु ?? किन भन्दा यो भन्दा अगाडि ख क्षेत्रले राजनैतिक लगाव र राजनैतिक शिक्षण राम्रो पाएको देखियो ।
३. विकासका काममा किन डराउँछन् बाजुरेली नेता ?
कुनै एक पाटीवाट सत्ता वा सहयोग माग्नेसंग गएर समस्या राखी मागेको बटेजर ब्यवस्थामा रजाई भएको बाजुरामा हामीले ल्याएको भन्ने ढ्वाङ बजेट नआउदै वा काम सम्पन्न नहुँदै बजारमा मिडीयामा दिन ब्यस्त छन् हाम्रा नेता तथा नेताले बनाएका कार्यक्रताहरु ?? यसै भएमा किन कसरी विकास होला हाम्रो बाजुरा चिन्ताको बिषय ।।
आफ्नो आफ्नो पार्टी वा पार्टीका नाममा अलग अलग भाष बोल्ने र राजनैतिक बिचार हो भनि भ्रम पार्नमा ब्यस्त नेताहरुलाई हामी जनताले पनि चिनाउन सकेनौं किनकी एकपटक वडावाटै हराएर त हेरौं अनि नयाँ पुूता खडा हुन्छ र काम गर्न सकिन्छ की ?, मैंले केही भनौ मेरो पाटी तथा पार्टी हितका कार्यहरुमा खलल पर्न सकीन्छ भनी आफ्नो पार्टीलाई आधात पुग्न सकिन्छ भन्ने हेतुले बचेर होस पुर्याएर बोलेको नेताहरुकै बोलस्वाट सुन्न पाईन्छ यो कुरा सबै सर्वसाधारण ब्यक्तिले धारण गर्न सक्दैनन् र भन्न पनि सक्दैनन् ।
४. प्रदेश क्षेत्र नम्वर (क) को कोल्टीमा किन राजनैतिक मौनता ???
नेताहरु कुनै पार्टीका हुन् पार्टीभन्दा आन्तरीक गुटवन्दि मिल्यो भने वा राजनैतिक भाषा मिल्यो भने अथवा आन्तरीक लेनदेनको हिसाव किताव मिल्यो भने जनताको आँशु र पसिनाको मुल्य र भोटको मुल्य हुँदो रहेनछ त्यो त केवल चुनावी नारा र नमस्कार गर्ने वाटो मात्रै रहेछ । कस्ले गरेको छ राजनैतिक वा चुनावी प्रतिबद्धता यदि भएकै भएपनि सत्तापक्षकाले प्रतिशतका हिसावले कमिसन र प्रतिपक्षले पार्टीको नाममा सहयोग मागी रहेकै छन् प्रत्यक्ष तथा परोक्षर तवरले ?? यिनका कार्यक्रता र हामी मुख दर्शक भोटरहरु टुलुटुलु हेरैकै छौं नी ।
प्रदेश क्षेत्र नम्वर क को मुटुृ मानीने कोल्टीमा हेर्र्नुस बिकास भनेको कस्तो हो मजाले हेर्न मिल्छ । आँखा ठुलो बनाएर हेर्ने हो भने चित्र भन्दा ठुलो नेताको चरित्र देखीन्छ कठै वरा यिनको भलो नहोस् जनताका सराप लागोस् भन्ने ठाउँठाउँमा आवाज सुन्न पाईन्छ । खानेपानीको हरीविजोग, बिजुलीबत्तीको प्रवन्धका कुरा गर्नेहो भने लुटतन्त्र र भैयातन्त्र कायम भएको छ । यो कामको थालनी पनि कोल्टी क्षेत्रबाटै शुरु भएको देख्न पाईन्छ । ढल बिनाको ढलान सडक कही छ भने त्यो कोल्टी बजारमा सम्पन्न भएको छ जहाँ ढलको निकास बिनै सडक बनाईएको छ । के यो कुनै डिजाईनमा हुदैन या रकम कम भएर हो या अहिले टहरा हटाउन नसकेर हो वा पुन ठेक्काअ खोल्न प्रवन् मिलाउन हो त्यो त जवाफ चाहीयो नि जनतालाई ??
५. राजनैतिक दलहरुमा जुठ्याहाहरुको बिगविगी किन ?
बाजुराका सबै राजनैतिक दलका नेताका पछाडी एक वा एक भन्दा वढी जुठ्याहाहरु छन् जसले राजनैतिक पेचीलो बनाउन, योजना बाँड्न र कमिसन वार पार गर्न सहयोग गर्ने गरेका छन् यो सत्य पनि हो हामी सबैेले देखेका भोगेका तर नभने पात्रहरु सम्मिलीत रहेका छन् या आधिकारीक होस् या अनौपचारीक होस् । अनौपचारीक बाटोवाट जुठ्याहाहरुकहाँ समाचार पुर्याउने माध्यम तिनै गाउँका अनौपचारी र लिप्त पात्रहरुले काम गरिरहेको समेत देख्न सकिन्छ । हरे भगवान हाली मुहाली अहिले तिनकै छ । केन्द्र र प्रदेश वा जिल्लावाट आएका योजनाहरुमा तिनै कर्कलाको पिडालुले काम पाएका छन् पैशा बाँड्ने र पठाउने, अव जनताले चिन्न जरुरी छ की कर्कलो पाँड्न जरुरी छ ?,

चर्चामा

सम्बन्धित समाचार