शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्र बाजुराको प्रथम बिस्तारित बैठक निणर्य सार्बजनिक

माओवादी केन्द्र बाजुराको प्रथम बिस्तारित बैठक निणर्य सार्बजनिक

  • शनिबार, अशोज १६, २०७८
माओवादी केन्द्र बाजुराको प्रथम बिस्तारित बैठक निणर्य सार्बजनिक

बाजुरा — नेकपा माओबादी केन्द्र बाजुराको प्रथम बिस्तारीत बैठकको निणर्य सार्बजनिक गरिएको छ । १४ गते देखी बसेको बैठक १५ गते सम्पन्न भएको हो । बैठकमा भएका निणर्यहरु पत्रकार सम्मेलनको आयोजना गरी सार्बजनिक गरेको नेकपा माओबादी केन्द्रका कार्यालय सचिव गोरख शार्कीले बताएका छन ।
माओवादी केन्द्र बाजुराका सचिव रमेश बिक को अध्यक्षतामा संचालन भएको बैठकमा जिल्ला इन्चार्ज कणर्बहादुर बिक (केशव) प्रमुख अतिथि रहेका थिए भने प्रदेश कमिटी सदस्य देबिचन्द्र बुढा दिपक र कमलकुमारी शाह बिशिस्ट अतिथिका रुपमा रहेका थिए । डि एण्ड डी होटलको हलमा संचालन भएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रको पदाधीकारीको बैठकले गरेका निणर्यहरु सार्बजनिक गरेको नेकपा माओबादी केन्द्र बाजुराले जनाएको छ ।

पार्टिका जिल्ला भेला,सम्मेलन, सांगठनिक कार्यक्रम सदस्यता नबिकरण,कार्य क्षेत्र हेरफेर,रिपोर्टिङ, पार्टी कार्यालय निर्माण लगाएतका निणर्हरु गरीएको पार्टी सचिव रमेश बिकले बताएका छन । पार्टीका भातृ संगठनहरु निर्माण लगायत एमसीसी पास नगर्ने निणर्य समेत गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
बिस्तारीत बैठकले जिल्ला संयोजक प्रदेश संयोजक पालीका संयोजक सह संयोजक इन्र्चाजहरुको बाडफाड गरीएको जनाएको छ । त्यसै गरी सदस्यता नबिकरण, नया सद्यस्यता थप सम्बन्धी निणर्य गरीएको पत्रकार सम्ममेलन मार्फत जानकारी गराएको छ ।
त्यस्तै जिल्लामा बर्षाका कारण अबरुद्ध भएका सडक सुचारु गर्न सम्बन्धीत निकायमा पहल गर्ने , यातायात ब्यबासायी हरुले गरेको मनपरी भाडादर सम्बन्धी ध्यानाकर्षण गराउने, एमसीसी रोक्ने अभियान संचालन गर्ने जिल्लामा कृतम अभाव बजार अनुगमन गर्न सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउने लगायतका निर्णय गरीएको पार्टी सचिव बिकले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार