गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु, राजमार्ग अवरूद्ध
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन्। ‘ठक्कर दिने गाडीको पहिचान भइसकेको छ’, प्रहरी निरीक्षक बोहराले भने, ‘चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ।’ स्थानीय बासिन्दाले ठक्कर दिने […]