शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आगामी तीन दिनको मौसम पूर्वानुमान :  देशभर  चिसो बढ्ने

आगामी तीन दिनको मौसम पूर्वानुमान :  देशभर  चिसो बढ्ने

  • सोमवार, पुस ५, २०७८
आगामी तीन दिनको मौसम पूर्वानुमान :  देशभर  चिसो बढ्ने

हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही  बाँकि भू-भागको  मौसम सामान्यतया सफा रहेको छ।

२०७८ पौष ५ गते (सोमबार)

दिउँसो :  बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रही  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। राती : देशभरि आंशिक बदली  रहनेछ।

२०७८ पौष ६ गते (मंगलबार)

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली  प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही  बाँकी भू-भागमा  आंशिक बदली रहनेछ। रहनेछ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बाग्मती र गण्डकी  प्रदेशको पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रही  बाँकी भू-भागमा   आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

 २०७८ पौष ७ गते (बुधबार)

दिउँसो : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ । राती : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

 आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 

तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर  चिसो बढ्ने क्रममा रहेकोले  चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।

चर्चामा

सम्बन्धित समाचार