सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका सिडियो अधिकारी सह सचिवमा बढुवा

बाजुराका सिडियो अधिकारी सह सचिवमा बढुवा

  • सोमवार, पुस ५, २०७८
बाजुराका सिडियो अधिकारी सह सचिवमा बढुवा

बाजुरा —  बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सह सचिवमा बढुवा भएका छन । बढुवा समितिको सचिवालय सघिंय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको सिफारीसमा कामको मुल्याङकन तथा याेग्यताका आधारमा बढुवा गरिएको सुचनामा उल्लेख गरिएको छ ।

२०७८ पौष ४ गतेको निणर्य अनुसार योग्यता पुगेका बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहित १८ जना उप सचिवबाट सह सचिवमा बढुवा गरिएको जनाएको छ । निजामती सेवा ऐन २०४९ को दफा २०(४) र २४ (च) बमोजिम सूचना प्रकाशन गरी बढुवा सिफारीको नामावली प्रकाशन गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार