मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुरा जिल्ला अध्यक्षको दौडमा

नेकपा एमाले बाजुरा जिल्ला अध्यक्षको दौडमा

  • सोमवार, पुस ५, २०७८
नेकपा एमाले बाजुरा जिल्ला अध्यक्षको दौडमा

बाजुरा–नेकपा एमालेले देशभरमै पुष २३ गते जिल्ला अधिबेशन गर्ने तय गरेको छ । स्थानिय तह र केन्द्रिय अधिबेशन गरिसकेको एमालेले जिल्लाको पुष २३ गते गर्न निणर्य गरेको छ ।
२३ गते हुन जिल्ला अधिबेशनको तयारीका लागि नेकपा एमाले जिल्ला कमिटि बाजुराले पुष ११ गते बैठक समेत बोलाइसकेको छ । अधिबेशन नजिकिदै जादा बाजुरामा जिल्ला अध्यक्षको दौडधुप पनि शुरु भएको छ । अध्यक्षको आकांक्षि समेत देखिन थालेका छन् ।
नेकपा एमाले बाजुरा जिल्ला कमिटि अध्यक्ष कालि बहादुर शाही पुन जिल्ला अध्यक्षको तयारीमा लाग्ने वताएका छन् । त्यस्तै हालका सचिब भरत बुढाले पनि छलफलको क्रममा रहेको आफ्नो अध्यक्षको दाबी रहेको वताए ।
भरत थापा, लाल बहादुर ओली, जनक बोहोराले पनि अध्यक्षको दौडमा रहेको वताएका छन् । नेता भरत थापाले पहिला एकताको बेला पनि आफ्नो नाम चर्चा आएको थियो, अब हुने अधिबेशनमा आफु अध्यक्षको कडा उम्मेद्धवार रहेको वताए । त्यस्तै लाल बहादुर ओलीले पनि आफु जिल्ला अध्यक्षको तयारीमा रहेको वताए । नेता जनक बोहोराले नेताहरु सँग छलफलमा रहेको सल्लाह अनुसार अध्यक्ष उम्मेद्धवारी रहेको वताए ।
अहिले पाँच जना अध्यक्षको दौडधुपमा लागेको बुझिएको छ । वर्तमान अध्यक्ष काली बहादुर शाहीले आफु जिल्ला अध्यक्षको तयारीमा रहेको त्यसैले केन्द्र प्रदेशमा कुनै पदमा पनि नरहेको वताएका छन् । सचिब भरत बुढा काली बहादुर शाही अध्यक्ष भएमा आफु सचिब बस्ने नभए आफु पनि अध्यक्षको उम्मेद्धवारी रहेको वताएका छन् ।
जिल्ला अध्यक्ष कसलाई बनाउनेमा स्थायि कमिटि सदस्य कणर् बहादुर थापा, केन्द्रिय सदस्य तथा बाजुरा ईन्चार्ज लाल बहादुर थापाको बढी भुमिका हुने देखीएको छ । पाँच जनामा कालि बहादुर शाही, भरत बुढा, जनक बोहोरा, भरत थापा जिल्ला ईन्चार्ज लाल बहादुर थापाको निकटका रुपमा चिनिने गरेका छन् । लाल बहादुर ओली भने म कसैको नजिक भन्दा पनि एमालेको उम्मेद्धवारको तर्क दिइरहेको छन्, तर उनलाई कणर् थापा निकटका रुपमा हेरिएका छन् । कणर् थापा र लाल बहादुर थापाले सहमतिको एकजना उम्मेद्धवार अगाडि सारेमा निर्विरोध हुने सम्भाबना रहेको पाईन्छ ।

चर्चामा

सम्बन्धित समाचार