शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा १२ हजार बढीले कोरोना बिरुद्धको दोस्रो डोज लगाएनन्

बाजुरामा १२ हजार बढीले कोरोना बिरुद्धको दोस्रो डोज लगाएनन्

  • आइतवार, पुस ४, २०७८
बाजुरामा १२ हजार बढीले कोरोना बिरुद्धको दोस्रो डोज लगाएनन्
बडिमालिका खवर - फाइल तस्बिर
पदम बहादुर सिंह

  बाजुरा जिल्लामा कोरोना बिरुद्धको पहिलो डोज लगाएका १२ हजार ४ सय ६९ जनाले दोस्रो डोज नलगाएको पाईएको छ । बिभिन्न चरणमा गरि पहिलो चरणमा भेरोसियल ३८ हजार ५ सय ९० जना, कोभिसिल १६ हजार ६ सय ७२ जनाले कोरोना बिरुद्धको खोप लगाएका भए पनि दोस्रो चरणमा भेरोसिल २९ हजार २ सय ६१ जना कोभिसिल १३ हजार ७ सय ३२ जनाले मात्र खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत्त लेखनाथ न्यौपानेले जानकारी दिएका छन् ।
बाजुरा जिल्लामा १८ बर्ष माथिका ९९ हजार ६२ जना नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जस्मा जेन्सन एण्ड जेन्सन ५ हजार ९ सय ७८ जनाले लगाएका छन, भने भेरोसियल र कोभिसिल गरी ४२ हजार ९ सय ९३ जनाले मात्र पूणर् खोप लगाएको न्यौपानेले बताएका छन् ।
हाल पनि जिल्लाका सबै स्थानिय तहलाई पाएक पर्ने गरी तीन ओटा खोप केन्द्र बनाएर नियमित कोरोना बिरुद्धको खोप संचालनमा रहेपनि खोप लगाउनेको संख्य न्यून रहेको छ । उत्तरी क्षेत्रका चार ओटा पालिकालाई पाईक पर्ने गरी कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र, त्यस्तै दक्षिणी क्षेत्रका पालिकाहरुलाई पाएक पर्ने गरी टाँटे स्वास्थ्य चौकी र बिचका पालिकालाई पाएक पर्ने गरी जनस्वास्थय प्रर्बद्धन ईकाईबाट कोरोना बिरुद्धको खोप नियमित लगाई राखेको खोप अधिकृत्त लेखनाथ न्यौपानेले बताए ।
सुरुमा खोपको मात्रा कम थियो, मन्त्री देखि माननीय जिल्ला तहका नेतासम्मको फोर्स लगाएर कोरोनाको खोप लगान आउथ्ये ती सबै सचेत शिक्षित नागरिहरु थिए । हाल त्यो लेबलका नागरिक सबैले खोप पनि लगाई सके अब बाकी रहेका गाउका सोझा साझा नागरिक बाँकी रहेका उनले बताए ।
बिभिन्न चरणमा जिल्ला नौ ओटै पालिकाका स्वास्थ्य चौकी देखी लिएर टोल टोलसम्म गरी ८४ ओटा खोप केन्द्रबाट खोप अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बताए । पहिलो चरणमा लगडाउनले देश तथा बिदेशमा गएकाहरु सबै गाउ आएकाले पहिलो डोज बढीले लगाए दोस्रो चरणमा लकडाउन खुकुलो भएसंगै कोही भारत तीर कोही देशकै बिभिन्न अन्य शहरमा गएर दोस्रो चरणमा कमी आएको हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले बताए ।
पहिलो डोज लगाएकाले जहा भएपनि दोस्रो डोज लगाए होला भन्ने बिश्वास रहेको पन्तले बताए ।
नेपालमा कोरोनाको दोस्रोद भेरिएन्ट आएपछि हालसम्म बाजुरा जिल्लामा ४ हजार ५ सय ८४ जनालाई पीसिआर परिक्षण गरीएकोमा ६ सय ४४ जनालाई पोजेटिभ देखिको थियो । जसमा २ जनाको मृत्यु भएको थियो ।
त्यस्तै ५ हजार २ सय ८६ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ८ सय ८५ जनाको रिर्पोट पोजेटिभ आदेखिएको थियो । त्यस मध्ये १० जनाको मृत्यू भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । हाल २ जना एक्टिभ केश रहेका छन् । दुबै जनाको स्वास्थ्य सामान्य रहेको र दुबै जना होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।
पुस ९ गते देखी १२ देखी १७ बर्ष उमेर समुहका १८ हजार बढी बालबालिकाका लागि खोप अभियान संचालन हुने भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार