बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा अलपत्र बाजुराका मिनको अप्रेसन र उपचार

आर्थिक अभाबमा अलपत्र बाजुराका मिनको अप्रेसन र उपचार

  • सोमवार, पुस ५, २०७८
आर्थिक अभाबमा अलपत्र बाजुराका मिनको अप्रेसन र उपचार

बाजुरा–आर्थिक अभाबमा उपचार गर्न नसकेका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका ३ जुकोटका मिन बहादुर शाहिको उपचार तथा अप्रेसन भएको छ । कैलालिको धनगढी स्थित निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर अस्पतालमा आर्थिक अभाबमा बेडमा अलपत्र रहेको समचार बडिमालिका खबरमा प्रकाशित भएको थियो ।
पहिला औषधि गरेको पैसा तिर्न नसक्दा र थप उपचार उनको दुईवटा मृगौलाको अप्रेसन पैसा नहुदा बिरामी अलपत्र समचार प्रकाशित भएको थियो । शाहीको दुबै मृगौलामा पत्थरी रहेकाले दुबै मृगौलाको अप्रेसन गर्नुपर्ने अप्रेसनका लागि पैसा बनाउन जानकारी गरेको थियो । अहिले शाहीको दुबै मृगौलाको अप्रेसन र उपचार भएको छ ।
समचार प्रकाशित पछि मिनको उपचार र अप्रेशन भएको आफन्त देबेन्द्र शाहीले वताएका छन् । समचार प्रकाशित पछि अस्पतालले पनि केही रकममा छुट गरेको र उनको उपचारका लागि आर्थिक संकलन भएपछि उपचार भएको शाहीले वताएका छन् । अस्पतालले पनि औषधि, बेडचार्ज, अप्रेसन, आइसियुमा छुट गरेको अस्पतालका चिकित्सक डा. श्रीराम खातिले वताएका छन् । मिनको पैसा नहुदा समस्या भएको समचार आएपछि अस्पतालले छुट गरेर उपचार गरेको खातिले वताए ।
समचार प्रकाशित पछि बिभिन्न सहयोगीहरु बाट २ लाख ८२ हजार ९ सय संकलन भएको थियो । उनको पहिला उपचार गरेको पैसा तिर्न नसक्दा उनि डिस्चार्ज भएपनि बेडमै रहेका थिए, त्यो रकम पनि तिरयौ, बाँकि मृगौलाको अप्रेसन र उपचार गरेको देबेन्द्र शाहीले वताए । समचार प्रकाशित पछि बिरामीको उपचारमा ठुलो सहयोग भएको उनले वताए ।
पैशा नहुदा मिन बहादुर शाहिलाई एक महिनाको लागि डिस्चार्ज गरेको भएपनि उनि निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर अस्पतालमा बेडमै रहेका थिए । अस्पतालले एक महिना पछि पैसा जम्मा गरेर मृगौलाको अप्रेसन गर्न भनेको थियो, तर पैसा नहुदा उनले पहिलाकै पैसा नतिरेर डिस्चार्ज हुन नसकेको बिरामी मिन बहादुर शाहीले वताएका थिए । समचार आएपछि अस्पतालले पनि छुट गरेको र बिभिन्न ठाउँ बाट सहयोग आएको उनले वताए ।
समचार प्रकाशित पछि मिन बहादुर शाही बचाउ अभियान शुरु गरेको आफन्त सुमन शाहीले वताए । समचार बाट जानकारी पायौ, उनलाई बचाउनका लागि आर्थिक संकलन गरेर सहयोग गरेको वताए । उनको सहयोगका लागि बाजुरा लगायत देश बाहीर अभियान शुरु गरेको शाहीले वताएका छन् । समचार पछि गाउँपालिकाले पनि २५ हजार सहयोग गरेको थियो ।
बिरामी शाहीका बुवा दत्त बहादुर शाहि ७५ बर्षका छन्, घरमा बुढा बुवा र आमा छन्, । उनको परिवार क वर्गको गरिब परिवारमा रहेका छन् । मिन बहादुर मृगौलाको लामो समय देखी बिरामी रहेका थिए । शाहीको एउटा मृगौलामा ३६ एमएम र एउटामा ५३ एमएमको पत्थर रहेको थियो । शाहीको पिसाबाट पिप समेत बग्ने गरेको थियो । दाया मृगौको त आधा भागले काम गर्न समेत छोडिसकेको चिकित्सकले वताएका छन् । शाहीको उपचार गर्ने पैसा नहुदा रोग च्यापदै जादा अहिले यो अबस्थामा पुगेको आफन्त कुबेर बहादुर शाहीले वताएका थिए । उपचार पछि खुशी हुदै बिरामी शाहीले सम्पुणर् सहयोगिलाई धन्यवाद दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार