मंसिरको चुनावमा १० अर्ब खर्च लाग्ने
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई व्यवस्थित रुपले सम्पन्न गर्न कार्यतालिका स्वीकृत गरी थप गृहकार्यलाई तीव्र बनाएको छ। आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि आह्वान, आर्थिक […]