बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ
  • सातामा प्रतितोला ११ सयले घट्यो सुनको मूल्य

सातामा प्रतितोला ११ सयले घट्यो सुनको मूल्य

  • शनिबार, फाल्गुन ६, २०७९
सातामा प्रतितोला ११ सयले घट्यो सुनको मूल्य

काठमाडौँ  –   यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरको सुनको मूल्य निर्धारण गर्दै ११ सय रुपैयाँले घटेको जानकारी दिएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुुग्दा तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्य बढेर कारोबारमा आएको थियो । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार र बुधबार २००/२०० रुपैयाँ घटेको थियो । यस्तै, बिहीबार ६०० रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घटेको थियो । यस्तै, यो साता चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुुग्दा १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

चर्चामा

सम्बन्धित समाचार