शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो

सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो

  • बिहिबार, पुस २१, २०७९
सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो

धनगढी – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला र एक लाख तीन हजार एक सय कायम भएको छ।

अघिल्लो दिन प्रतितोला र एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला र दुई सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला र एक लाख दुई हजार छ सय छ। यसको मूल्य अघिल्लो दिन र एक लाख दुई हजार चार सय थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार