शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने

चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने

  • बुधबार, मंसिर २१, २०७९
चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने

काठमाडौं –  चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने तयारी गरेको छ । २० मंसिर मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिले प्रस्तावित लाभांश २२ पुसमा हुने २६ औं वार्षिक साधारणसभामा लैजाने जनाएको छ । साधारणसभा प्रयोजनको लागि ३ पुसमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार २९ मंसिरसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीको प्रस्तावित लाभांश २६ औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार