बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अर्थ
  • सेयर बजारमा ३०.७७ अंकको गिरावट

सेयर बजारमा ३०.७७ अंकको गिरावट

  • आइतवार, फाल्गुन २१, २०७९
सेयर बजारमा ३०.७७ अंकको गिरावट

काठमाडौं  –   साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ । आइतबार ३०.७७ अंकले घटेको बजार १९३८.२५ बिन्दुमा झरेको छ । यो १.५६ प्रतिशतको गिरावट हो ।

२५९ धितोपत्रको ३० हजार ९०३ वटा कारोबारबाट ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ । विहीबारको तुलनामा भने कारोबार रकम ४.५१ प्रतिशतले कम हो। विहीबार एक अर्ब ३३ करोड रूपैयाँको कारोबार भएको हो।

हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एसियन लाइफ, नविल बैंकसहितका कम्पनीको धेरै कारोबार भएको छ ।

आइतबार कारोबार आएका २५९ सेयर तथा ऋणपत्रमध्ये ३४ वटाको मूल्य बढेको छ भने २१७ वटाको मूल्य घटेको छ।

सुपर मादी हाइड्राको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर २९ रूपैयाँले बढेर ३२८ पुगेको छ। सबैभन्दा धेरैले मूल्य घट्नेमा सामलिङ पावर रहेको छ। कम्पनीको मूल्य १० प्रतिशतले घटेर अन्तिम कारोबार ५१३ रूपैयाँमा भएको छ।

आइतबार सबै उपसूचक ओरोलो लागे । सबैभन्दा धेरै उत्पादन र प्रशोधनका लगानीकर्ताले गुमाए । यो उपसूचकमा ३.०३ प्रतिशतको गिरावट आयो ।

चर्चामा

सम्बन्धित समाचार