
बाजुरा– बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरी बाजुरा ल्याएको छ। लाम्पाटा क्षेत्रमा भएको घटनाको अनुसन्धानका क्रममा संलग्नता देखिएका २१ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम मार्तडी ल्याइएको हो। बाजुराको हिमाली गाउँपालिकाका जनप्रतिनिधिसहितका व्यक्तिलाई बन्धक र सांघातिक आक्रमण गरेको आरोपमा हुम्लाको खार्पुनाथबाट २१ जनालाई प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।
उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाजुरामा किटानी जाहेरी परेको थियो । बाजुरा र हुम्लाको सीमा क्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाइ लिएर हुम्लाका स्थानियले जेठ ३ गते विवाद बाजुराकाे लाम्पाटाबासीलाइ कुटपिट तथा बन्धक बनाइएकाे थियाे । सो झडपमा बाजुरा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमागारा गुरुङसहितका व्यक्ति बन्धक बनाएको आरोपमा हुम्लाका २३ जनाका नाममा मुद्धा दर्ता गरिएकाेमा २१ जना प्रकाउ परेकाे जनाएकाे छ ।


