शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • जब पानीमुनि भेटिएको ३७५ वर्ष पुरानो ‘सहर’को रहस्य खुल्यो…

जब पानीमुनि भेटिएको ३७५ वर्ष पुरानो ‘सहर’को रहस्य खुल्यो…

  • शुक्रबार, पुस ६, २०८०
जब पानीमुनि भेटिएको ३७५ वर्ष पुरानो ‘सहर’को रहस्य खुल्यो…

केही वर्षअघि मात्रै ग्रिसमा पानीमुनि रहेको एक सहर पत्ता लागेको समाचार सार्वजनिक भएको थियो । समाचार अनुसार पानीमुनि भेटिएको त्यो सहर ३७५ वर्ष पुरानो हो ।

ग्रिसको जकिन्थोसस्थित समुद्रमा उक्त सहर फेला परेको थियो । अन्ततः ‘प्राचीन सहर’ भनिएको त्यो चिज वास्तवमा के हो र त्यो आखिर किन त्यहाँ छ ? भन्ने रहस्यको खुलासा भएको छ ।

पहिलोपटक सन् २०१३ मा जकिन्थोसको तटमा रहस्यमय खण्डहर भेटिएपछि खोज गर्ने क्रममा पानीमुनिको उक्त क्षेत्र पत्ता लागेको थियो । त्यसलाई नै ३७५ वर्ष ‘सहरपुरानो सहर’को भग्नावशेष भनियो । यो आयोनिक टापु समूहको तेस्रो ठूलो तट हो । यसको नाम ग्रिक पौराणिक कथाहरुबाट लिइएको छ ।

इण्डिपेन्डेन्ट युकेको रिपोर्ट अनुसार जकिन्थोसमा एलिकनासको खाडी क्षेत्रमा केही खण्डहर भेटिएका थिए । जुन ३० एक्कडभन्दा धेरै क्षेत्रमा फैलिएको थियो । त्यो समुद्री सतहभन्दा २ देखि ६ मिटरको गहिराइमा फेला परेको थियो । त्यसमा चट्टानबाट निर्मित फुटपाथदेखि बीचमा ठूलो गोलाकारका २० स्तम्भको जगसमेत थियो ।

चट्टानको उक्त विशाल स्ल्याब प्राचीन सार्वजनिक भवनको भुईंसँग मिल्दोजुल्दो थियो । त्यसैको आधारमा पुरातत्वविद्हरुले त्यो कुनै बन्दरगाह वा प्राचीन भवनको हिस्सा हुनसक्ने आँकलन गरे ।

पुरातत्वविद्हरुले उक्त क्षेत्रको भ्रमण गरी नमूनाहरु संकलन गरे । त्यसको विश्लेषण र अध्ययनबाट प्राप्त नजिता सुखद् पाइयो । यसबाट के पत्ता लाग्यो भने उनीहरुले पानीमुनि रहेको कुनै रहस्यमय सहरको खोज गरेको नभई त्यो प्राकृतिक रुपबाटै पाँच हजार वर्षअघि निर्मित खण्डहर रहेको पत्ता लागेको छ ।

त्यहाँ रहेका खनिज तथा अन्य चिजहरु दुर्लभ भूवैज्ञानिक घटनाहरुका कारण निर्माण भएका थिए । यद्यपि खोज अनुसन्धानको नतिजा सार्वजनिक भैसक्दा पनि टापुमा बस्ने स्थानीय मानिसहरुले त्यो खण्डहर प्राकृतिक रुपमा बनेको कुरा मान्न तयार छैनन् ।

May be an image of ticket stub and text

चर्चामा

सम्बन्धित समाचार