बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • केटीहरूले चुरोट तानेपछि रिसाएका काकाले क्याफेमा लगाइदिए आगो

केटीहरूले चुरोट तानेपछि रिसाएका काकाले क्याफेमा लगाइदिए आगो

  • बुधबार, कार्तिक ८, २०८०
केटीहरूले चुरोट तानेपछि रिसाएका काकाले क्याफेमा लगाइदिए आगो

भारतको मध्ये प्रदेशस्थित इन्दोरमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना पाको उमेरका व्यक्तिले एउटा क्याफेमा आगो लगाइदिएका छन् । काकाले क्याफेमा आगजनी गर्नुको कारण चाहिं अनौठो छ । त्यहाँ ग्राहक बनेर आउने युवती तथा महिलाहरुले चुरोट पिएको देख्दा उनलाई फिटिक्कै मन परेन । एकदमै रिस उठेपछि उनले मन थाम्न सकेनन् र क्याफेमै आगो लगाइदिए ।

केटीहरुले चुरोट पिएको आफूलाई मन नपर्ने हुनाले क्याफेमा आगजनी गरेको ती व्यक्तिले पुलिससामु बयान दिएका छन् । समाचार अनुसार इन्दोरको स्काइ कर्पोरेट क्षेत्रको नजिकै रहेको उक्त क्याफेमा आएर केटीहरुले समेत चुरोट पिउने गर्दथे ।

कुनै केटीले चुरोट पिएको ती व्यक्तिलाई कत्तिपनि मन पर्दैनथ्यो, जसका कारण उनले आगो लगाइदिएर भागे । क्याफे सञ्चालकले सीसीटीभी फुटेज निकालेर हेर्दा ती व्यक्तिले आगजनी गरेको पत्ता लागेको हो । प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । ती व्यक्तिको नाम चाहिं खुलाइएको छैन ।

चर्चामा

सम्बन्धित समाचार