महान्यायाधिवक्ता खातीलाई स्पष्टीकरण माग्न आयोगको सिफारिस, दाजुलाई मेयर जिताउन पदको दुरुपयोग गरेको निष्कर्ष
बाजुरा — निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा पदीय दायित्व भन्दा बाहिर गएर हस्तक्षेप गरेको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ । आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको उल्लेख छ […]