बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • डोटीमा कांग्रेस असन्तुष्ट, स्वतन्त्र उम्मेदवारी दिने तयारी

डोटीमा कांग्रेस असन्तुष्ट, स्वतन्त्र उम्मेदवारी दिने तयारी

  • शनिबार, अशोज २२, २०७९
डोटीमा कांग्रेस असन्तुष्ट, स्वतन्त्र उम्मेदवारी दिने तयारी

डोटी । चुनावी तालमेलप्रति असन्तुष्ट नेपाली कांग्रेस, डोटीको एक समूहले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छ ।

कांग्रेस, डोटीले तालमेल नगर्न दबाव दिएको थियो । तर सत्ता गठबन्धनको भागवण्डामा डोटीको प्रतिनिधिसभा सिट समाजवादीले पाएको छ प्रदेशतर्फ (क) कांग्रेस र (ख) माओवादी केन्द्रले पाएको छ । कांग्रेसले आफ्नो भागमा परेको प्रदेशसभा क मा जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई उम्मेदवार वनाएको छ ।

सिट बाँडफाँटप्रति असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले भने प्रतिनिधिसभा सदस्यमा महाधिवेशन प्रतिनिधि पदमराज जोशीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रदेशसभातर्फ (ख) मा भूमिराज बडुले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् बडु नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा जिल्ला सभापतिको प्रतिस्पर्धामा थिए । उनी दोश्रो चरणमा थोरै मत अन्तरले पराजित भएका थिए ।

‘हाम्रो आफ्नो रहर होइन, कांग्रेस सक्ने गरी चुनावी तालमेल भयो, यसबिरुद्ध उम्मेदवारी दिनुप¥यो भनेर जिल्लाका नेता कार्यकर्ताले भनेपछि हामी तयार भयौं’ जोशीले भने ‘नेता कार्यकर्ताको सल्लाह अनुसार स्वतन्त्र उम्मेदवारी दिन लागेका हौं ।’

आइतबार उम्मेदवारी दर्ता गर्न जिल्ला सदरमुकाम आउँदै गरेको जोशीले अगाडि भने, ‘हामी बाटोमै छौं, भोलि उम्मेदवारी दर्ता गछौं ।’ जोशी आफूले चुनाव जित्ने दाबी गर्छन् । भन्छन् ‘डोटी जिल्लामा कसका मत कति छन् भन्ने कुरा सवैलाई थाहै छ, यसमा धेरै भनिराख्नु पर्ने छैन । हामी कांग्रेस जोगाउनका लागि उम्मेदवारी दिँदैछौं । कांग्रेसका सवै मत हामीलाई आउँछन् ।’

चर्चामा

सम्बन्धित समाचार