शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका कार्यपालिका सदस्य पायलद्धारा कैदिबन्दीलाई खेलकुद साम्रगी र पुस्तक सहयोग

बडिमालिका कार्यपालिका सदस्य पायलद्धारा कैदिबन्दीलाई खेलकुद साम्रगी र पुस्तक सहयोग

  • आइतवार, अशोज ३०, २०७९
बडिमालिका कार्यपालिका सदस्य पायलद्धारा कैदिबन्दीलाई खेलकुद साम्रगी र पुस्तक सहयोग

बाजुरा — जिल्लाको बडिमालिका नगरपालिकाका नगर कार्यपालीका सदस्य राजेश पायल बिकले जिल्ला कारागारका कैदिबन्दीहरुलाई खेलकुद साम्रगी र केही जिवन उपयोगी पुस्तकहरु सहयोग गरेका छन ।

बिगतका दिनहरुमा पनि सामाजिक सेवामा लागेका पायलले अहिले तिहारलाई लक्षित गर्दै कैदिबन्दीहरुलाई केही सहयोग मिलोस भन्ने उदेस्यका साथ सो साम्रगी सहयोग गरेका हुन । उनलले आफ्नै लगानीमा एक सेट नेटजाली २ ओटा भलिवल र बिभिन्न लेखक तथा स्थानीय तह संचालन सम्बन्धीका केही उपयोगी पुस्तकहरु सहयोग गरेको कार्यपालिका सदस्य राजेश पायल विकले बताएका छन ।
उनल कोरोनाको पहिलो भेरियन्ट आएको बेला जिल्ला सदरमुकाम मार्तडी स्थित भाडामा दिएको ३ तले घरमा बस्ने सबैलाई एक महिनाको घरभाडा समेत मिनाहा गरेका थिए । उनि अहिले राजनितीमा लागे पनि उनको इतिहास गित संगितमा पनि काम गर्दै आएका छन ।

उनले हालै नेपाली सिनेमा हलमा चलिरहेको चिसो मान्छे नेपाली चलचित्रमा पनि उनले केही रोल खेलेका छन । त्यो संगै धेरै गितहरुको निर्देशक तथा मोडलिङको भुमिकामा रहेका थिए ।
भखरै सम्पन्न २०७९ बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचन पश्चात बडिमालिका नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित भएका हुन ।

चर्चामा

सम्बन्धित समाचार